आज छ दशमलव आठ रिक्टर स्केलको भूकम्प
इनेप्लिज
२०७२ वैशाख २९ गते १५:०१ मा प्रकाशित
काठमाडौँ, २९ वैशाख । आज मध्याह्न १२ बजेर ५० मिनेट जाँदा सिन्धुपाल्चोक र दोलखाको सिमानालाई केन्द्रबिन्दु बनाएर ६.८ रिक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आजै अपराह्न १ बजेर २१ मिनेटमा पनि दोलखालाई केन्द्रबिन्दु बनाएर ६.२ रिक्टर स्केलको अर्को कम्पन भएको छ ।
त्यसैगरी, १ बजेर ५८ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.३ रिक्टर स्केलको अर्को कम्पन भएको छ ।
भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन । कम्पनबाट त्रसित भएका सर्वसाधारणको टुडिँखेललगायत खुलास्थानमा भीड लागेको छ ।
रेडक्रसजस्ता समाजसेवी संस्थाले सर्वसाधारणलाई धर्य रहन र नआत्तिन आग्रह गर्दै माइकिङ गरिरहेका छन् । भैँचालोबाट घाइते भएकालाई राजधानीका अस्पतालमा ल्याउनेक्रम जारी छ । रासस
आज मेरिल्यान्डको बाना भबनमा डा भगवान कोईरालासंग अन्तरकृया हुदै
नेपालको राष्ट्रिय क्रिकेट टिम र स्थानीय क्लब बिच अमेरिकामा एनआरएनए कप प्रतियोगिता
यानपेटिका(सुटकेस)मा फेला परेको युवकको मृत्युको कारण इन्डियाना प्रहरीद्वारा खुलासा
अमेरिकाको पेन्सेलभेनियामा एक घरमा विष्फोट हुदा ५ जनाको मृत्यु ,२ जना घाइते
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख ९ हजार संक्रमित ,३७५ जनाको मृत्यु
प्रतिक्रिया