कसैको गुहार सुनेन निष्ठुरी दैवले

इनेप्लिज २०७२ वैशाख २९ गते १२:४६ मा प्रकाशित

thumbनेपालमा विनाशकारी महाभूकम्पले दिएको दर्दनाक पीडाबाट ग्रस्त छ । सिंगो मुलुक शोकमा डुबेको छ । भूकम्पको प्रत्यक्ष असरबाट पीडित बनेकाहरु दुःखको गहिरो चपेटामा छन् । भूकम्पको प्रत्यक्ष असरमा नपरेकाहरु पनि कति बेला के हुने हो भन्ने मानसिक त्रासमा बाँच्न विवश छन् । महाविपत्तिको प्रलयमा मुलुक डुबेपछि देशमा रहने मात्र होइन् विदेशमा बस्ने नेपाली र गैर नेपालीहरुले पनि यति बेला सहयोगी हातहरु अगाडि बढाएका छन् ।

आपतविपतमा परेको समयमा सहयोगी हातहरु फिजाउन आइपुगेका सम्पुर्ण विदेशी पाहुनाहरु बधाई एवम् धन्यवादका पात्र बनेका छन् । विनाशकारी भूकम्प पीडितहरुका लागि भनेर विभिन्न दातृ निकाय, विभिन्न संघ संस्थाहरुले राहत रकम संकलन गरेका छन् । तर वास्तविक भूकम्प पीडितहरुले राहत नपाएको गुनासो पनि पीडित पक्षबाट नै सुनेका छौ । सरकारले व्यापक तयारी गरेर काम गरेको भनेपनि दातृ निकायबाट प्राप्त भएको राहत विमानस्थलमै थन्किएको कुराहरु पनि सुनियो वास्तम्मा भूकम्प पीडितहरुले कत्तिको पारदर्शी रुपमा राहत सहयोग पाएका छन् भन्दा पीडित पक्षबाट राहत नपाएका गुनासा धेरै छन् ।

कैयौ मानिसहरु छट्पटाई रहेका छन्, रोइरहेका  छन् एकहोरो कराईराखेका छन् । तर त्यो दैव कति निष्ठुरी उनीहरुको आवाज  शुन्यतामा  परिणत  भएको छ । आज देश रोइरहेको छ । यो प्रकृति पनि कति स्वार्थी हो । देशलाई शोकमा पारी हासेर गयो राष्ट्रकै केयौ सम्पदालाई मासेर गयो प्रकृति देशलाई रुवायो  सपनाको अन्त्य गरायो कुन जुनीको बदला लिइस् हे दैव दुःखीको रगत पिएर गइस् देशको शिर भन्नु नै त्यही थियो धरहरा त्यसैलाई ठसक्क भांचेर गइस् कति निष्ठुरी हो यो दैव  कसैको गुहार सुनेन । जनता मारी आफु  बाँचेर  गयो ।

घाइतेको उद्धार तथा उपचार र घरवारविहिन भएकाले पुनस्र्थापनाका लागी विभिन्न सुरक्षा निकाय परिचालन गरी उद्धार कार्यमा कुनै कसर बाँकी नराख्न सरकारले निर्देशन दिएको भएपनि व्यवहारिक धरातलमा त्यसको सार्थकता कमै देखिएको छ । देशका ३९ वटा जिल्लामा विनाशकारी भूकम्पले क्षतविक्षत बनाएको छ । तर पनि विभिन्न जिल्लामा उद्धारका कामहरु पुरा भएका छैनन् । कैयौ मानिसहरु छट्पटाई रहेका छन्, रोइरहेका छन् एकहोरो कराईराखेका छन् । तर त्यो दैव कति निष्ठुरी उनीहरुको आवाज शुन्यतामा परिणत भएको छ । आज देश रोइरहेको छ । यो प्रकृति पनि कति स्वार्थी हो । देशलाई शोकमा पारी हासेर गयो राष्ट्रकै केयौ सम्पदालाई मासेर गयो प्रकृति देशलाई रुवायो सपनाको अन्त्य गरायो कुन जुनीको बदला लिइस् हे दैव दुःखीको रगत पिएर गइस् देशको शिर भन्नु नै त्यही थियो धरहरा त्यसैलाई ठसक्क भांचेर गइस् कति निष्ठुरी हो यो दैव कसैको गुहार सुनेन । जनता मारी आफु बाँचेर गयो ।

प्राकृतिक विनाशकारी महाभूकम्पबाट अत्तालिएका अधिकांश मानिसहरु पटक पटक का झट्काले थप क्रसित बनेका छन् । प्राकृतिक प्रकोप कत्ति खेर जाने हो भन्ने जानकारी नहुँदा मौकामा चौका छोपनेहरुले कालोबजारी गरेका छन् । आज विभिन्न जिल्लाका मानिसलाई,परेको पीडा भन्नु आफनो पीडा हो भनेर यो स्वार्थी मानिसले सोच्दैन् । कति निष्ठुरी यो मानव प्राणी मानवमा हुनुुपर्ने गुण नै छैन् । मानवता र नैतिकता नभएका लुटेराहरुले मौका छोपेका छन् । १५ रुपैया पर्ने चाउचाउ लाई ८० देखि १०० पारेका छन् । निःशुल्क यातयातको सुविधा भनेता पनि सर्वसुलभ भएको छैन् । विभिन्न जिल्लाहरु भूकम्पबाट ग्रसित भएका छन् । तर उद्धारका कार्यमा पनि एकरुपता हुन सकेको छैन् । उपत्यकाभित्रै उद्धार राहतको अवस्था कमजोर रहेको परिपेक्षमा ग्रामिण र दुर्गम भेगको अवस्था झनै दर्दनाक छ ।

यो विनाशकारी महाभूकम्पले गर्दा विश्वसुचीमा सुचिकृत नेपालका पुरातात्विक एव्म ऐतिहासिक महत्व बोकेका विश्वसम्पदा सुचिकृत भएका देशका गहना क्षतविक्षत भएका छन् आज नेपाललाई प्रकृतिले ध्वस्त बनाई दिएको छ । तसर्थ यसको निर्माण गर्ने दायित्व मुलुक सञ्चालन गर्ने दलहरुको नै हो । सिंगो मुलुकले हारगुहार मागि रहेको समयमा अब पनि दलहरुको घैटोमा घाम लागेन् भने जनताले त्यस्ता दलहरुको लेखाजोखा राख्ने छैनन् । मुलुकको पुनः निर्माण पीडितहरुको उद्धार, दिंवगत परिवारलाई राहत, घाइतेको प्रारम्भिक र दीर्घकालीन उपचार गर्नु अहिलेको प्रमुख कार्यभार सरकारको हो ।

मुलुक संकटमा फसिरहेको छ । संकटको दलदलबाट उकास्नका लागि बाहिरी देशहरुले टेवा मात्र पुराउने हो, बल लगाउने देशकै अगुवा हुन् । तर अहिलेको संकट कुनै एउटा बल लगाउँदैमा पार पाइने खालको छैन् । सामुहिक प्रयास, साझा संकल्प, निस्वार्थ भावनाले मात्र भयावक पीडाबाट मुलुकलाई मुक्ति दिन सकिन्छ । मुलुकले अकल्पनीय क्षति र पीडा व्यहोरेकाले राज्यले मात्र यस्तो राहत उद्धारको काम गर्न नसके पनि सर्वसाधारणदेखि सरोकारवाला निकाय सबैले हातेमालो गर्नुपर्छ ।

साभार:दैनीक नेपाल

 

प्रतिक्रिया