बुधबार, माघ ५ २०७८
काठमाडौं १६:३०
वासिङटन डिसी 05:45

भूकम्पले स्याङ्जामा आपत: गुड्दै गरेको ट्याक्सी जलेर यस्तो भयो

इनेप्लिज २०७२ वैशाख २९ गते १२:०७ मा प्रकाशित

Taxi-Syanjaस्याङ्जा, २९ वैशाख। मंगलबारको शक्तिशाली भूकम्पले स्याङ्जामा पनि क्षति पुगेको छ । दुई जना गम्भीर घाइते भएका छन् भने दर्जनौँ घरहरु भत्किएका छन् । स्याङ्जाको भालु पहाडमा ठूलो दुर्घटना टरेको छ । स्याङ्जाको वालिङबाट पोखरा जाँदै गरेको ट्याक्सीमा भूकम्प जाँदाजाँदै ढुंगा खसेपछि ट्याक्सी जलेर क्षणभरमै नष्ट भएको छ । ट्याक्सीमा यात्रा गरिरहेका वालिङ नगरपालिका ८ बस्ने बर्षीय ३६ का ख्यामप्रसाद काफ्ले र २३ बर्षिया अनु गिरी गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि पाल्पा लगिएको छ । ट्याक्सीमै रहेका अर्का एकजना भने सकुशल रहेको बताइएको छ । ट्याक्सी नम्बर खुलेको छैन । भूकम्पले स्याङ्जामा दर्जनौँ घरहरु भत्काएको छ । जनजीवन त्रसित बनेको छ ।

प्रतिक्रिया