गायिका मञ्जु महतको सम्झनामा कमल किरणको डढेलो

इनेप्लिज २०७२ वैशाख २८ गते १३:३४ मा प्रकाशित

kiranकाठमाडौं, २८ वैशाख । सुनसरीको इटहरी स्थाई घर भई काठमाण्डौमा वसोबास गर्दै आएका गायक कमल किरणले आफ्नो एकल गिति एल्बम डढेलो वजारमा ल्याएका छन् ।

करिब एक वर्ष अघि सवारी दुर्घटनामा परि मृत्यु भएकी श्रीमती मञ्जु महतको सम्झनामा तथा श्रद्धाञ्जली अर्पण गर्दै डढेलो सार्वजनिक गरीएको गायक किरणले जानकारी दिएका छन् । करिब एक दर्जन कलेक्सनमा आफ्नो स्वर भरेर लोकप्रियता कमाउन सफल गायक किरण २०६० साल देखी सांगितिक प्रशिक्षण लिएर यस क्षेत्रमा होमिएका हुन् ।

एल्वम सार्वजनिक पछी प्रचार प्रसारमा ब्यस्त रहेका गायक किरण अग्रज तथा घर परिवारको प्रेरणा र साथ सहयोगले सांगीतीक क्षेत्रमा लागेको वताउँछन् । उनको एल्वम डढेलोमा डढेलो सर्यौ किन, नेपाल बन्द भो , फक्रिएर फुल्न नपाउँदै, बगी जान्छ जिन्दगी र यो मनले बोलको गीत समाबेश गरिएको छ ।

rajkiran-manju (1)करिब ७ लाख लगानीमा पहिलो एल्बल बजारमा ल्याएका गायक कमलले यो क्षेत्रमा राम्रो नाम र दाम रहेको बताउँछन् । उनका अनुसार एल्वमको लगानी सु्रक्षीत नभएपनी स्टेज कार्यक्रमबाट राम्रो कमाई हुने गरेको छ । नेपालका विभिन्न स्थानमा सांगितिक कार्यक्रमका साथै दुवै, कतार, मलेशिया लगायतका देशहरुमा स्टेज तताईसकेका उनी ब्यवसायीक रुपमा सांगीतीक क्षेत्रमा नै क्रियाशील रहने बताउँछन् ।

उनले पहिलो एल्वमको शिर्षक गीत डढेलो सर्यौ किन बोलको गिको भिडियो पनि निर्माण गरेका छन् । समन अधिकारीले निर्देशन गरेको भिडियोमा श्रीमती मञ्जु महतको सवारी दुर्घटनाको वास्तविक कथा रहेको छ भने दिवश उप्रेती र सुप्रिया कटुवालको अभिनय रहेको छ ।

rajkiran-manju (2)भिडियोलाई चाँडै बजारमा ल्याउने गायक कमलले जनकारी दिएका छन् । उनका अनुसार यो एल्बमको अर्को गित यो मनले को पनि भिडियो बनाउने तयारी भईरको छ ।

पूर्वाञ्चलका विभिन्न स्थानमा छायाँङकन गरिने यो गीतको स्कृप कन्सेपको काम भई रहेको छ । यो गीतमा मोडल तथा सञ्चारकर्मी सन्देश पौडेलको अभिनय रहने छ भने अन्य कलाकार छनोटको क्रममा रहेको गायक कमलले जानकारी दिएका छन् ।

प्रतिक्रिया