शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं २२:१६
वासिङटन डिसी 11:31

लिभरपुल शिर्ष चारबाट बाहिर

इनेप्लिज २०७२ वैशाख २८ गते १३:१४ मा प्रकाशित

kiranकाठमाडौ, २८ बैशाख । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा लिग च्याम्पियन चेल्सीसँग बराबरीमा रोकिएपछि लिभरपुलको शीर्ष ४ मा पर्ने सम्भावना समाप्त भएको छ ।
शनिबार राति घरेलु मैदानमा चेल्सीले लिभरपुलसँग एक–एक गोलको बराबरी खेलेको थियो । खेलको ५औं मिनेटमा जोन टेरीले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ४४औं मिनेटमा लिभरपुलका स्टेभेन जेरार्डले बराबरी गोल फर्काएका हुन् ।
यो बराबरीले उपाधि जितिसकेको चेल्सीलाई केही फरक नपरेपनि लिभरपुललाई पनि धक्का लागेको छ । बराबरीसँगै लिभरपुलले आगामी सिजनको च्याम्पियन्स लिग खेल्न नपाउने भएको छ ।
लिगको शनिबारै भएको अर्को खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले क्वीन पार्क रेन्जर्स् (क्यूपीआर)लाई ६–० को फराकिलो अन्तरले हराएको छ ।

सिटीको जितमा सर्जियो अगुयरोले ह्याट्रिक गरे। अलेक्जेन्डर कोलारोभ, जेम्स मिल्नर र डेभिड सिल्भाले एक–एक गोल थपे। हारपछि क्यूपीआर रेलिगेसनमा परेको छ । उसले अब अगामी सिजनको लिग गुमाउने भएको छ ।

प्रतिक्रिया