उपप्रधानमन्त्री सिंहद्वारा आठसय पीडित परिवारलाई जस्तापाता प्रदान
काठमाडौँ, २८ वैशाख । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले गोकर्णेश्वर नगरपालिकाका भूकम्पपीडित जनतालाई अस्थायी बसोबासका लागि राहतस्वरुप जस्तापाता प्रदान गर्नुभएको छ ।
उपप्रधानमन्त्री सिंहले आज पुरानो सुन्दरीजल गाविस (हाल नगरपालिका–१, २ र ३)का ८०० पीडित परिवारलाई प्रतिपरिवार एक बन्डलका दरले जस्ता वितरण गर्नुभएको होे ।
सुन्दरीजलमा आयोजित एक कार्यक्रमबीच गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र तिवारीलगायतको उपस्थितिमा उक्त जस्ता वडासचिवलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा त्यस क्षेत्रका सभासद्द्वय रामेश्वर फुँयाल, अम्बिका बस्नेत र काठमाडौँका स्थानीय विकास अधिकारी तीर्थराज भट्टराई, राजनीतिक दलका स्थानीय प्रतिनिधि, नागरिक समाज एवम् विभिन्न सङ्घसङ्स्थाका प्रतिनिधिको सहभागिता थियो ।
सो अवसरमा उपप्रधानमन्त्री सिंहले मुलुकका सामु आइपरेको विपत्तिको सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज सङ्घसङ्स्था एकजुट हुनुपर्ने धारणा राख्नु भयो ।
उपप्रधानमन्त्री सिंहले भूकम्पबाट घरबारविहीन भएका परिवारका लागि अस्थायी बसोबासका लागि जस्तापाता नै उपयुक्त भएकाले सबै पीडितपरिवारलाई जस्तापाता पुर्याउने कार्यलाई जोड दिइएको उल्लेख गर्नुभयो ।
उहाँले कुनै पनि नागरिकलाई घरबारविहीन हुन नदिन, खानपिनको उचित व्यवस्थापन गरी स्वास्थ्य, शिक्षालगायतको व्यवस्था गरिने भन्दै त्यसका लागि धैर्य गर्न भूकम्पबाट प्रभावित जनतालाई आग्रह गर्नुभयो ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया