विजयको ७० वर्ष मास्कोमा फाशीवादमाथि को महोत्सव

इनेप्लिज २०७२ वैशाख २८ गते २:४२ मा प्रकाशित

voronchovski0905015kpsमास्को, ९ मेई २०१५ (शनिवार) । एकाबिहानै वसन्तऋतुको उज्यालो भ्mयालबाट कोठामा पस्नासाथै ब्युझेर बाहिर दृष्टि दिएँ । हिउँदभरि जाडोले कठ्यांग्रिएका रुखहरु हरिया पातहरुको पहिरनमा उभिइरहेका थिए । भ्mयालमुन्तिर स्याउँका बोटहरु पूmलले सेताम्य नै भइसकेका देखिन्थे । अलि पर उभिइरहेके चेर्योमुखा भनिने रुखमा पनि हसिनाका जस्ता सेतै पूmलहरु हाँसिरहेका थिए । हिटलरविरोधी मोर्चाका प्रमुख देशका उच्चस्तरीय पाहुनाहरुको अनुपस्थितिले भन्दा पनि कतै झरीबादलले नै चिरप्रतीक्षित उत्सवलाई बिगारिदिने त होइन भन्ने मेरो आशंका कता हो कता बिलाएर गयो । मास्कोको मौसम निकै उज्यालो थियो । रेडियोमा युद्धकालीन रुसी गीत र धूनहरु गुञ्जिरहेका थिए । युद्धको समयलाई सम्झाउने विश्वप्रसिद्ध ‘कात्युशा’ गीतका गेडाहरु मेरो कानमा पर्यो । त्यसको थालनी यसरी हुन्छ

voronchovski0905015
नास्पाती र स्याउ फुलिसक,े
खोलामाथि उड्यो तुँवालो ।
किनारैमा देखिई कात्यूशा,
अग्लो तीरमाथि भिरालो…।।

त्यतिखेर टेलिभिजनको पर्दामा पनि रुसका सुदूरपूर्वका नगरहरुमा विजय दिवस कसरी मनाइँदैछ भन्ने प्रत्यक्षवर्णन प्रसारित भइरहेको थियो । म उत्सवका लागि विशेष रुपले सिंगारिएको लालमैदानमा सम्पन्न हुने भव्य राजकीय दृश्यको समग्र झलक टेलिभिजनको पर्दामा हेर्ने उद्दश्यले तयार भइहालें…

Stambha.Vorinchovski0905015
मास्को समयअनुसार बिहान ठीक १० बजे रुसको राजधानीमा सम्पन्न भएको विजयोत्सव त विश्वभरिका मानिसहरुले टेलिभिजनको पर्दामा आपैmले देखिसकेको हुँदा त्यसको बयान गर्नपट्टि नलागूँ । यसपल्ट लालमैदानमा सम्पन्न भएको भव्य उत्सवमा संयुक्त राष्ट्रसंघका महासचिवका साथै भारतलगायत विभिन्न देशका राष्ट्राध्यक्षहरुको समुपस्थिति थियो भने त्यहाँ सम्पन्न भएको भव्य सैनिक परेडमा चीन, मंगोलिया, भारत आदि विभिन्न देशका सैनिक टोलीहरुले पनि भाग लिएको देख्दा द्वितीय विश्वयुद्धको रणक्षेत्रमा अतुलनीय वीरताको प्रदर्शन गर्ने र विश्वका विभिन्न मुलुकहरुमा शान्तिसेनाको भूमिका निर्वाह गर्ने नेपाली सैनिक जवानहरुको परेडका साथै नेपालका प्रथम राष्ट्रपतिको उपस्थिति नरहनुको खल्लो अनुभव भइरहेको थियो ।

Rossin Yuri Vasilyevichरुस महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनबाट आफ्नो वक्तव्यको बीचमा फाशीवादी दासत्वबाट विश्वलाई बचाउन दोस्रो विश्वयुद्धको क्रममा दिवंगत हुने वीरहरुको स्मृतिमा एक मिनेटको मौनघारणाको घोषणा गरिंदा मलाई जापानी सैनिकवादी आक्रामक फौंजविरुद्ध बर्माको रणक्षेत्रमा वीरताको प्रदर्शन गरेवापत् सोभियत सामरिक पदक ‘महान् देशभक्तिपूर्ण युद्ध (प्रथम श्रेणी) बाट विभूषित नेपाली योद्धा बिर्तासिंह गुरुङको सम्झना भएर आयो र युद्धमा वीरगति प्राप्त गर्ने नेपाली सैनिकहरुप्रति मैले पनि मनमनै श्रद्धाञ्जलि अर्पण गरेको थिएँ । त्यतिखेर म १५ दिनअघि मात्र नेपालमा गएको महाभूकम्पको भुमरीमा परी जीवन गुमाउने हजारौं देशवासीहरुको आत्मालाई चिरशान्ति पाप्त होस् भन्ने पनि कामना गर्दै थिएँ…

Kluchkov Vladimir0905015
लाल मैदानमा उपस्थित विभिन्न देशका उच्चस्तरीय प्रमण्डल, कूटनैतिक निकायका प्रतिनिधिहरु र विशेष सम्मानित स्थानमा महान देशभक्तिपूर्ण युद्धका सहभागीहरुको समुपस्थितिमा सुसम्पन्न सैनिकपरेडको शुभारम्भ सोभियत संघमा हिटलरी फौजले विश्वासघातपूर्वक आक्रमण गरेको केही दिनपछि नै गुञ्जेको ‘विशाल देश, जाग लौ !’ भन्ने बोल भएको ‘पवित्र संग्राम’ शीर्षककोे प्रख्यात गीतबाट भएको थियो । सैनिक परेडअन्तर्गत ऐतिहासिक खण्ड, विभिन्न देशका र रुसका सैन्यको मार्चपाष्ट, अत्याधुनिक सामरिक प्रविधिको प्रदर्शन तथा आकाशमा ७० को अङ्क समेत देखाउने गरी उच्चस्तरीय हवाई प्रदर्शन गरिएको थियो ।
यसपटक विजयोत्सवको क्रममा विश्वका विभिन्न नगरहरुमा लाखौं मानिसहरुले महान देशभक्तिपूर्ण युद्धमा वीरगति प्राप्त गर्ने वीरहरुका साथै भीषण युद्धका सहभागी दिवंगत आफन्तजनहरुको फोटो लिएर ‘अमर सैन्य’ भनिने अभियानमा भाग लिएका थिए । विगत विश्वयुद्धमा तत्कालीन सोभियत संघका विभिन्न जनजातिका २ करोड ७० लाख मानिसहरु अर्थात् नेपालको अहिलेको जनसंख्या जतिले नै जीवन गुमाउनुपरेको कल्पना गर्दा आङ नै जिरिङ्ग हुन्छ । यत्रो मानवक्षति भोगेर सोभियत रुसले विश्वलाई नाजीवादको आतङ्कबाट छुटकारा दिलाएको थियो । मास्कोमा दिउँसो ३ बजेदेखि उनीहरुकै स्मृतिमा हातमा दिवंगत आफन्तको फोटो बोकेको असंख्य जनसमूहको जुलुस सुरु भई लालमैदानतिर लम्किएको दशौं किलोमिटर लामो यस अभियानमा रुसका राष्ट्रपतिद्वारा पनि एक सामान्य सैनिकको हैसियतले विश्वयुद्धका सहभागी आफ्ना पिताको फोटोसहित भाग लिइएको थियो । विभिन्न सैनिक गीतहरुका साथै नेपालको तीनपल्ट यात्रा सम्पन्न गर्ने दागेस्तानी कवि रासुल हाम्जातोभको कवितामा आधारित गीत पनि गुञ्जेको थियो । विजय दिवसको सन्दर्भमा विभिन्न नगरहरुमा सम्पन्न भएको ‘अमर सैन्य’ को भावनासित मिल्दोजुल्दो ‘सेता सारस’ शीर्षकको त्यस प्रसिद्ध गीतको नेपाली पद्यानुवाद यहाँ प्रस्तुत गर्न चाहन्छु ः
लाग्छ मलाई कहिलेकाहीं, रक्तपातमय युद्धस्थलमा,
जसले वीरगति पाएथे, छैनन् ती अब चिरनिद्रामा ।
बरु ती वीरपुरुष नै सारा, उड्दै होलान् नभको माझ,
सैनिकहरूकै हुन् ती हंस, जो छन् सेता सारस आज ।।

दूरवर्ती त्यो समयदेखि नै उनीहरू अझसम्म पनि,
उड्दै हामीलाई दिन्छन् कराउँदै सङ्केत–ध्वनि ।
सके त्यसैले गर्दा होला, अक्सर शोकाकूल रहन्छौं,
नभतिर हेर्दा किन हो कुन्नि बोल्नै नसकी अधीर बन्छौं ??

IMG_2632

दिन त बित्यो, तर साँझ नपर्दै यसै घडीमा आज विचित्र,
देख्छु तुवाँलोभैंm सारसको झुण्ड उडेको नभमा चित्र ।
त्यसरी पंक्तिबद्ध भएर बढ्छन् आफ्नै निश्चित गतिमा,
जसरी हिड्थे मानिस भैकन उहिले लहरै खेतहरूमा ।।

उडेर नभमा सारस सेता गर्छन् आफ्नो बाटो पार,
क्वाँ क्वाँ गर्दै सुरिलो स्वरमा नाम कसैको डाँक्छन् क्यार ?
युगौंदेखि नै गुञ्जिरहेको सारसको चिर्चिर स्वरलहरी,
हो कि कतै आभारहरूकै गुञ्जेको भाषा नैे यसरी ?!

उड्छ, सरासर उड्छ गगनमा सारसहरुको थकित बथान,
उडी तुवाँलोभित्र घुसेर हुँदै छ दिनको पनि अवसान ।
त्यस पंक्तिमा कता कता म देख्छु साँगुरो सोतो एक,
हो कि त मैरै लागि स्थान त्यो बाँकी रहेको एकाएक !!

अवश्य आउँछ दिन त्यो, म त्यही सारसकै पंक्तिमा मिल्छु,
कावा खाँदै तममिश्रित त्यै असीम नीलो नभमा डुल्छु ।
माथिबाट म पन्छीले भैंm डाँक्छु अवश्यै सुरिलो स्वरमा,
ती सबलाई छुट्न गए जो मबाट साथी, यसं धरतीमा ।।
(अनु. कृष्णप्रकाश श्रेष्ठ, ०८.०४.२०१५, बुधवार)

मास्कोको केन्द्रीय गोर्की पार्कलगायत मास्कोका सैयौं पार्कहरुमा विजयोत्सवको सन्दर्भमा मास्को नगरको संस्कृति विभागको तत्वावधानमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको थियो । म आफ्नो निवासस्थानको बगलमै रहेको ‘भोरोन्चोभ्स्की पार्क’ मा विजयदिवसको गतिविधि हेर्न गएको थिएँ । पार्कको प्रवेशद्वारमै केटाकेटीहरुका लागि सिंगारिएका खच्चर र घोडाहरु उपलब्ध गर्न सकिन्थ्यो भने ठूलो पोखरीमा चाहिं नौकाविहार गर्नेहरु देखिन्थे । कतै उमेरदारहरुका लागि साइकल र केटाकेटीहरुका लागि गाडी भाडामा दिने व्यवस्था थियो भने केन्द्रीय बाटोको आसपासमा चाहिं अस्थाई रुपले बनाइएका स्टलहरुमा कतै खानेकुरा, कतै चिया–कफी, कतै बेलुनका खेलौना र चीजबीज इत्यादि बिक्री भइरहेको थियो । पार्कको केन्द्रमा निर्मित मञ्चमा कलाकारहरु गीत प्रस्तुत गर्दै थिए भने अगिल्तिर राखिएका बेन्चहरुमा तक्मा भिरेका पूर्व सैनिकहरु र कलरमा रातो–कालो गरी ७ धर्साहरु भएको ग्रिगोरियन रिबन लगाइराख्ने अधबैंसे नरनारीहरु बसेर सोभियतकालीन गीतहरु सुन्दैथिए । त्यसको वरपर उभिएका युवायुवती र केटाकेटीहरुको भीड थियो । म त्यहाँ पुग्नुभन्दा पहिले नै विश्वयुद्धका भेटरानहरुको स्वागत गर्ने औपचारिक खण्ड समाप्त गरी ओब्रुचेभ्स्की क्षेत्रका पदाधिकारीहरु हिंडिसकेका रहेछन् । एक ठाउँमा भेटरानहरुको निम्ति खानपीनको व्यवस्था गरी हालिएको पालमुनि मात्र केही नारी र पुरुषहरु खानपीन गर्दे थिए भने उनीहरुका लागि युवती गायिकाहरुको एक समूहद्वारा गीत प्रस्तुत गरिंदै थियो ।

IMG_2622
केन्द्रीय मञ्चमा नाचगानको कार्यक्रम सकिएपछि तक्माधारी भेटरानहरु बेञ्चबाट उठेर हिंडेका देखिए । एकजना तक्माधारी भेटरान यूरी भासिल्येभिच रोश्शिनसंग चिनापर्ची गरेर फोटो लिएँ । म नेपाली भन्ने थाहा पाएपछि उनले र उनलाई साथदिने महिला भालेन्टिना इभानोभ्नाले महाभूकम्पपीडित नेपालीहरुप्रति सहानुभूति जनाउँदै स्नेह प्रकट गरिन् । त्यहीं नै पिलागेया नामकी एक महिला भेटरानसँग पनि परिचित भई फोटो खिच्ने अवसर पाइयो । त्यहाँबाट हिंडिसकेका एकजना भेटरानलाई बाटैमा भेटेर मैले शुभकामना व्यक्त गर्दे उनीसंग फोटो खिंच्ने अनुमति मागें र फोटो खिंचें । महान् देशभक्तिपूर्ण युद्धकालीन सैनिक टोपी ढल्कायराख्ने उनकी नातिनीले उनीसंग मेरो पनि फोटो खिंचिदिइन् ।
विजय दिवसको उपलक्ष्यमा ‘विजयको आकाश’ भनिने अर्को कार्यक्रमका लागि एक ठाउँमा रुखमुनि सहभागीहरुको नाडीमा ग्रिगोरियन रिबन बाँधेर नाम दर्ता गरिरहेको देखेर म त्यतै लागें । मैले पनि वीरताको प्रतीक एउटा रिबन उपहार पाएँ । त्यहाँको सबै कार्यक्रम हेर्नपट्टि नलागेर म माइकबाट आइरहेको गीत सुन्दै यताउति चहारेर रमिता हेर्न लागें । पार्कमा यसै साल खडा गरिएको स्मारकस्तम्भको पनि फोटो लिएर निवासस्थानतिर लागे । एक ठाउँको एउटा त्रेञ्चमा एकजना तक्माधारी पूर्वसैनिकलाई एकलै बसिरहेको देखेर म पनि उनकै बगलमा आराम लिन बसें । चिनापर्चीको क्रममा उनी ९४ वर्ष पुग्नै आँटेका युक्रेन मूलका रहेछन् र १३ वर्षको पनाती पार्कमा कतै खेल्न गएकोले उसैलाई पर्खेर बसेका रहेछन् भन्ने थाहा पाइयो । मिखाइल गाभ्रिलोभिच दिबेन्कोसँग कुराकानी गर्दागर्दै दोस्रो विश्वयुद्धको समयमा उनले गुप्तबम निष्कृय तुल्याउने सैनिक टोलीको कम्याण्डरको हैसियतले क्रिमियाको केर्चनेरको भीडन्तको बयान गरे । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म नाजी जर्मनहरुले अन्धाधुन्ध बमबारी गरिरहेको अवस्थामा कैयौं सोभियत सैनिकहरुको ज्यान गुमेको रोमहर्षक वर्णन गर्दै ‘पोडी राम्ररी खेल्न नजानेको भए उहिले नै प्राण गइसक्ने थियो’ भन्ने अभिव्यक्ति दिएका थिए । लामो जीवनको ४१ वर्ष सैनिक सेवा गर्ने यी भेटरानले आप्mनो जीवनका अविस्मरणीय र शिक्षाप्रद घटनाहरुबारे २५ पानाजति संस्मरण लेखिसकेको भए तापनि दाहिने हात जखमी भएको कारणले अगाडि लेख्न नसकिएको गुनासो गरेका थिए ।

IMG_2613
मास्कोको केन्द्रीय गोर्की पार्क लगायत विभिन्न पार्कहरुमा विजय दिवसको सन्दर्भमा आयोजित सांस्कृतिक कार्यक्रमहरुमा मास्कोका कलाकारहरुले भाग लिएका थिए । सांझपख विशेष सांस्कृतिक कार्यक्रम चाहिं पोक्लोन्नाया गोरा (नतमस्तकगिरि) मा ठीक २० वर्षअघि भव्यतापूर्वक उद्घाटन गरिएको विजय पार्कमा सम्पन्न भएको थियो जुन टेलिभिजनबाट पनि प्रसारित गरिएको थियो । रुसका सबै वीरनगरहरुका साथै वसन्तकालीन लामो दिनको अन्त्यमा गोधुलीको वेला साँझ ठीक १० बजे विजयोत्सवको उपलक्ष्यमा तोपको सलामीको गड्गडाहटका साथै आतसबाजीको रंगीचंगी झिलिमिली फोहराले मास्कोको आकाश झलझलाकार पारिदिएको थियो…

१० मेई २०१५,
मस्को, रुस महासंघ ।

Grigorevskaya Lenta0805015

प्रतिक्रिया