मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २३:१४
वासिङटन डिसी 12:29

आउनु होस नयॉं नेपालको निर्माणमा जुटौ !

इनेप्लिज २०७२ वैशाख २७ गते १७:११ मा प्रकाशित

imagejpeg
विपतको बेला विश्व भरि छरिएका तथा नेपाल भित्र रहेका सवै नेपालीहरू एक भै भूकम्प पिडितहरूको उद्दार सहयोगमा निरन्तर होमिएका छन ! यस विपतीको निकासका लागी नेपाली विचमा एउटा दर्हो एकताको संकेत गर्दैछ र लामों समय देखि अल्झेका असमझदारीहरू अव छिटै समझदारीमा पुग्न वाटो पनि देखाउदै छ !

भूकम्प पिडितको सहयोगका लागी विश्वको ध्यान नै नेपाल तर्फ केन्द्रित छ ! सवैको मायॉ, स्नेह र सहयोग यस मूलुकले पाउने क्रम जारी रहेको अबस्थामा नेपाल सरकारले आफ्नो दूरदर्शिता तथा विश्वसनीयता देखाउनु आवश्यक छ ! आजको मूल एजेण्डा नै “नयॉं नेपाल निर्माण” रहुनु पर्दछ र यसको लागी भावी योजना तर्जुमा गरि अविलम्व दाता समुदाय समक्ष सार्वजनिक गर्नु पर्दछ।

नेपाल भुकम्पिय क्षेत्र भएकाले पुराना तथा अव्यवस्थित वसोवास र पुरानो सहरिकरणको वैज्ञानिक व्यवस्थापनका लागी भूकम्पग्रस्त मुलुकहरू संग समन्वय गरी नयॉं ख़ाका वनाउनु अति अावश्यक छ !

दाता समुदायहरूको वर्तमान सक्रियता र सहयोगी वचन, विश्व भरि छरिएका नेपाली समुदायहरूको आर्थिक सहयोग तथा विभिन्न कम्पनीहरूको आर्थिक प्रतिवद्दता लाई विश्लेषण गर्दा उपलब्ध हुन सक्ने आर्थिक सहयोगले अर्कों नयॉं नेपालको पुन संरचना गरी नयॉं वसोवास र वजारको व्यवस्थापन गर्न सकिने देखिन्छ !

भूकम्प पश्चात देशको जनजीवन अस्तव्यस्त छ ! यस आपतकालिन अबस्थामा पिडित जनताको लागी सर्व प्रथम गॉस, वास र कपासको व्यवस्था गर्नु सरकारको कर्तव्य हो भने ती सुविधाको प्रत्याभूती मॉग गर्नु करदाता जनताको अधिकार हो ! त्यस्तै भूकम्प पश्चात हुन सक्ने संक्रमणकारी रोगको रोगथामका उपाय तथा जन चेतनामूलक कार्यक्रमहरू जनता सामु अविलम्व लैजानु आवश्यक छ ! यसका लागी प्रत्येक भूकम्प प्रभावित क्षेत्रमा नयॉं नेपाल निर्माणका लागी विकेन्द्रीकित स्वायत्त आयोजनाहरूको स्थापना गरि व्यापक रूपमा वैज्ञानिक कार्यक्रम तथा योजना संचालन गरिनु पर्दछ ! यसवाट व्यवस्थित वसोवासको निर्माण, सहरिकरण, शिक्षा तथा श्वास्थको सुविधा प्रत्यक्ष रूपमा जनताले पाउने छन !

अस्थिर राजनिती र लामो समय देखिको वेरोजगारीताले निराश जनशक्तिको हौसला बढ़ाई नयॉं नेपालको निर्माणमा यी जनशक्तिलाई सहभागी गराएमा वैदेशिक रोजगारीमा बाहिरिने क्रम निश्चय पनि घटने छ ! यसका लागी सर्वप्रथम सवै राजनैतिक दलहरूले संविधान निर्माणका लागी अल्झिएका सवै विमतीहरूको छिटो छिनो फानो गरि देशलाई निकाश दिनु आवश्यक छ ! नयॉं नेपालको अवधारणामा नेपाली जनताले धेरै त्याग गरे, अव त्याग गर्ने पालो सवै राजनैतिक दलको आएको छ! आउनु होस सवै मिली नयॉं नेपालको निर्माणमा जुटौ !

प्रतिक्रिया