शनिबार, मंसिर २० २०७७
काठमाडौं १७:२१
वासिङटन डिसी 06:36

न्युर्योकमा एक स्वस्ति शान्ति तथा धार्मिक अनुष्ठान

इनेप्लिज २०७२ वैशाख २७ गते ११:३५ मा प्रकाशित
गैहृ आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती अमेरिकाको तत्वाधानमा यहि मे महिनाको ९ तारिख शनिबारका दिन न्युर्योकमा एक स्वस्ति शान्ति तथा धार्मिक अनुष्ठानको कार्यक्रम आयोजना गरियो ।
उक्त धार्मिक अनुष्ठानमा मातृभुमी नेपालमा अप्रिल २५ शनिबार २०१५ का दिन गएको महाभुकम्प को प्रत्यक्ष चपेटामा परेर ज्यान गुमाउनुभएका सम्पुर्ण स्वदेशी तथा तथा विदेशी आफन्त तथा मित्रजन हरुको मृत आत्माहरु को चिर शान्ति तथा घाईते हुनुभएका हरुको शिघ्र—स्वास्थयलाभको लागि प्रार्थाना, हवन, रुद्रि गीता पाठ तथा भजन र्कितन कार्यक्रम को आयोजना गरियो ।
न्युर्याेक को ज्याक्सन हाइटस् मा अवस्थित श्री सत्य नारायण मन्दिरमा आयोजित उक्त धार्मिक आराधाना तथा अनुष्ठान एवं रुद्रि, हवन कार्यक्रममा एनआरएन एनसिसि अफ युएसए का वर्तमान कार्यवाहक अध्यक्ष श्री पराजुली ज्यु ले एनआरएन ले नेपाल र नेपाली माथि आईपरेको यो विपत्तिमा खुला हृदय ले आप्नो पुर्ण क्षमता मा नेपालको प्रभावित क्षेत्रमा राहत र उद्धारको काम गरिरहेको जानकारि गराउनु भएको थियो ।  नेपाल मिसनका भाइस कन्सुलर प्रविण भट्टराईले पनि कार्यक्रममा को अन्त्य सम्म आप्नो उपस्थिती जनाउनु भएको थियो । कार्यक्रममा उहाँले अमेरिकाका नेपाली हरुले यो कठिन परिस्थितीमा देखाएको एक्यबद्धता तथा नेपाल प्रति दर्शाएको सहयोगको मुक्त कण्ठले प्रशंसा गर्नु भएको थियो ।
पण्डित ज्योतिशार्चाय तथा श्री मद्—भागवत कथाकार श्री उद्धव शास्त्रि द्धवारा स्वस्तिवाचन गरि शुरु गरिएको उक्त धार्मिक अनुष्ठानमा एनआरएन एनसिसि अफ युएसएका महासचिव श्री कृष्ण पोख्रेलले सम्पुर्ण श्रद्धालु भक्तजन हरुलाई स्वागत अभिनन्दन गर्नुभएको थियो ।
श्री सत्यनारायण भगवान को चरणकमल मा आयोजित उक्त पवित्र अनुष्ठान कार्यक्रममा वर्तमान प्राकृतिक प्रकोपबाट नेपाल आमाले गुमाएका हजारौं सन्तती हरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।
कार्यक्रमको संयोजन एनआरएन एनसिसि अफ युएसका सदस्य वन्दना कोईरालाले गर्नु भएको थियो भने नेदेन दोङ्गला शेर्पा, अधिकारकर्मि नर्वदा क्षेत्री, अनेसास का पूर्व अध्यक्ष श्रीमति गीता खत्रि, अनेसास का न्युर्याेक च्याप्टर अध्यक्ष श्बिकाश विष्ट,  डा. कमल राज पाण्डे, एन एण्ड जे इन्टरटेन्मेन्ट का संस्थापक कमला प्रसाइ, गोमा सेन, त्रैलोक्य सेन , हरिश चन्द्र हमाल, अनु पौडेल, रेणु सुवेदी, विजया सिम, जितेन्द्र ढकाल, नकुल श्रेष्ठ, बि.आर. लामा, वरिष्ठ पत्रकार कृष्ण राज पाण्डे, इन्दिरा तिवारी, विनिता खनाल, रेशम रायमाझि तथा एनआरएन सिसिसि अफ युएसएका कार्यलय सचिव नबराज खडका लगाएतले महत्वपुर्ण सहयोग गर्नुभएको थियो ।
धार्मिक अनुष्ठानको अन्त्यमा भक्तजन तथा सहभागिहरुलाई भगवानको प्रसाद समेत वितरण गरिएको थियो । उक्त धार्मिक अनुष्ठानमा न्युर्योक महानगर क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
महा विपत्तिको यो कठिन परिस्थिीती लाई हृदयगंम गरि आयोेजित कार्यक्रम लाई सम्पन्न गर्न महत्वपुर्ण भुमिका निर्वाह गरिदिनुहुने तपाई सम्पुर्ण मिडियाका पत्रकार साथिहरु, आगन्तुक, भक्तजन महानुभाव ज्यु हरु, एवं प्रसाद वितरण कार्यक्रमलाई सघाईदिनु हुने सम्पुर्ण सहभागि ज्यु हरु र कार्यक्रम को प्रयोजनार्थ मन्दिरको हल निशुल्क रुपमा उपलब्ध गराईदिनुहुने सत्यनारायण मन्दिर व्यवस्थापन समितीमा गैहृ आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती अमेरिका हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छ ।

प्रतिक्रिया