वर्षा अगावै राहतका कार्यक्रम सम्पन्न गर्न निर्देशन
काठमाडौँ, २७ वैशाख । व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिले आगामी एक महिनाभित्र भूकम्पपीडितलाई राहत सामग्री वितरण र अस्थायी टहरा निर्माणको काम सम्पन्न गर्न सरकारलाई निर्र्देशन दिएको छ ।
समितिको आजको बैठकले वर्षायाम प्रारम्भ हुन लागेकाले प्रभावितलाई त्रिपालमै राख्दा थप समस्या, हुने खेतीपाती गर्नुपर्ने समयमा राहत सामग्रीको खोजीमा लाग्न कठिनाइ हुने भएकाले त्यस अगावै राहतका कार्यक्रम पूरा गर्न र अस्थायी बसोवासको व्यवस्था गर्न निर्देशन दिएको हो ।
समितिले अवरुद्ध भएका मोटरबाटो, गोरेटोबाटो, विद्युत् र सञ्चार सेवा तत्काल सञ्चालनको व्यवस्था मिलाउन, भत्केका विद्यालयका ठाउँमा वैकल्पिक व्यवस्था गरी पठनपाठन गराउन पनि निर्देशन दिइएको छ ।
समितिका सभापति सुशीलकुमार श्रेष्ठले राहत सामग्री वितरण न्यायोचित हुनुपर्नेमा जोड दिँदै त्यसम्बन्धमा सरकारले गरेका कामको अनुगमन गर्न सात वटा कार्यदल पनि गठन गरेको बताउनुभयो ।
नव गठित कार्यदलको ‘क’ समूहमा काठमाडौँ उपत्यकाका तीन जिल्ला, ‘ख’ मा काभ्रे–सिन्धुपाल्चोक, ‘ग’ मा दोलखा–रामेछाप, ‘घ’ मा धादिङ–गोरखा, ‘ङ’ मा सिन्धुली–ओखलढुङ्गा, ‘च’ मा रसुवा–नुवाकोट र ‘छ’ मा मकवानपुर र अन्य बाँकी जिल्ला छन् ।
सरकारले खोज, उद्धार र राहत वितरणमा काम गरिरहेको भए पनि व्यवस्थित नभएको गुनासो समितिका सदस्यले गर्नुभएको थियो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया