पानीमा डुबेर मृत्यु

इनेप्लिज २०७२ वैशाख २७ गते ९:०४ मा प्रकाशित

तुलसीपुर (दाङ), २७ वैशाख । तुलसीपुर नगरपालिका–६ उत्तरकपडादेवीको पानीको सोता (खोल्सा)मा नुहाउन गएकी डुरुवा–१ निवासी ४५ वर्षीया विमला रेग्मीको आज बिहान पानीमा डुबेर मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले पाँच दिनअगाडि बिहेमा आफ्नो मामाघरमा पुग्नुभएकी रेग्मी नुहाउन त्यहाँ गएको र नुहाउने क्रममा पानीमा लडेर मृत्यु भएको हुन सक्ने आशङ्का गरेको छ । रेग्मी छारे रोगको बिरामी भएको बताइएको छ ।

प्रतिक्रिया