दुर्घटनामा एक महिलाको मृत्यु

इनेप्लिज २०७२ वैशाख २६ गते १२:०९ मा प्रकाशित

accident-signसप्तरी, २६ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ सडकखण्डमा शुक्रबार राति मोटरसाइकलबाट लडेर एक महिलाको ज्यान गएको छ ।

जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ज६प ७१०७ नम्बरको मोटरसाइकलमा पछाडि सवार जनकपुर उपमहानगरपालिका–८ का रामकुमार सिंहकी ४५ वर्षीया श्रीमती मालती देवीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलबाट लडेर सिकिस्त भएकी उनलाई तत्काल उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया