सबैभन्दा पहिला टुटेको आस्थालाई जोड्ने काम गरौँ: डा भट्टराई
काठमाडौँ, २६ वैशाख । एनेकपा (माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईले राजनीतिक दलहरुप्रति जनताको टुटेको आस्था र विश्वासलाई सबैभन्दा पहिले पुनःनिर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा भाग लिँदै वरिष्ठ नेता भट्टराईले विपत्तिको बेलामा अभिभावकका रुपमा रहेको राज्य र त्यसलाई सञ्चालन गर्ने राजनीतिक दलप्रति जनताले दुःखेसो पोख्दा त्यसलाई अन्यथा रुपमा हेर्ने र विश्लेषण गर्न नहुने तर्क गर्नुभयोे ।
वरिष्ठ नेता भट्टराईले भन्नुभयो, “हाम्रो पुस्ताका सबैभन्दा त्रासदी र ठूलो दुर्घटना तथा प्राकृतिक प्रकोपका रुपमा वैशाख १२ गतेको भूकम्प भएको छ । ’’
भूकम्पपछिको अहिलेको अवस्था भनेको पुनःनिर्माण नभएर, नवनिर्माणका लागि एउटा महत्वपूर्ण अवसर हो भन्दै उहाँले आगामी दिनलाई समेत सजग तुल्याउने हिसाबले वैशाख १२ गतेको भूकम्पले चेतावनी दिएको धारणा राख्नुभयो ।
“वैज्ञानिक ढङ्गले बस्ती बनाऔं, द्रुत राजमार्ग, नदीको कोरिडोरमा सडक सञ्जालको विस्तार र अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा अब विशेष ध्यान पुर्याउनुपर्छ ’’ – श्री भट्टराईले भन्नुभयो ।
आफूलाई केन्द्रविन्दु राख्ने प्रवृत्तिलाई त्यागेर बृहद् एकता र राष्ट्रिय सरकारको गठनका लागि सोचौं, पुनःनिर्माणका लागि तीन तहको संयन्त्र बनाऔं, दशौँ लाख स्वयम्सेवक र दशौँ खर्ब रकम जम्मा गरेर नयाँ नेपालको निर्माण गरौं यो नै अहिलेको राष्ट्रिय आवश्यकता हो – पूर्व प्रधानमन्त्री भट्टराईले भन्नुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया