अमेरिकाको लागी नवनियुक्त राजदूत डा. कार्की वाशिंगटन डिसीमा

इनेप्लिज २०७२ वैशाख २६ गते ११:१० मा प्रकाशित

arjun karki

अमेरिकाका लागि नेपाल सरकारबाट नियुक्त हुनु भएका नेपाली राजदूत डा. अर्जुन कुमार कार्की पदभार सम्हाल्न हिजो शुक्रबार सांझ वाशिंगटन डिसी आई पुग्नु भएको छ l

वाशिंगटन डिसी स्थित नेपाली दुताबासका कार्यबाहक राजदूत ऋषि राम घिमीरे, काउन्सलर नारायण प्रसाद मैनाली लगायतको टोलीले नव नियुक्त राजदूतलाई बिमान स्थलमा स्वागत गरेका थिए । विमानस्थल बाट सिधै भर्जिनियाको म्याकलिन गएर कार्यबाहक राजदूत ऋषिराम घिमिरेको आयोजना भएको स्वागत रात्रीभोजमा सहभागी हुनु भएको थियो l दोहा कतार हुदै ४ बजे वाशिंगटन डिसीको डलस विमानस्थल उत्रेका राजदूत डा. कार्की राजदूत निवास स्थानमा वाशिंगटन डिसी पुग्दा मध्यरात भएको खबर छ l

अन्तर राष्ट्रिय सम्बन्ध तथा बिकास विषयमा २० बर्षको अनुभबी डा० कार्कीले बेला़यतबाट बिद्या वारिधि (पिएचडी )गरेका छन् । बिगतमा नव नियुक्त राजदुतलाई डिसी महानगर क्षेत्रमा स्वागत गरे झैँ राजदुत डा कार्कीलाई पनि भर्जिनियाको अर्लिङ्गटनको केन्द्रिय पुस्तकालयमा आगामी मे १७ र २४ तारिख आईतबार भब्य स्वागत गरिने भएको छ l

डा कार्की लाई जनवरी २०१५ मा नै मन्त्रिपरिषदको वैठकले सिफारिस गरेको थियो भने संसदीय सुनुवाई पछि राष्टपति रामवरण यादवले उनलाई राजदुत नियुक्त गर्नु भएको थियो l

प्रतिक्रिया