डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा गत २०७२ बैशाख १२ गतेको विनाशकारी महाभुकम्पका कारण दिवंगत हुनेहरुको १३ औ दिनको पुण्य तिथिमा दिवङ्गत आत्माहरुको चिरशान्तिको कामना गर्दै विहीबार साँझ बैशाख २४ गते दीप प्रज्वलन तथा श्रद्धान्जली कार्यक्रम सम्पन्न भयो |
नेपाल अमेरिका सहयोगी समाज तथा डिसी नेपाली समाजको पहलमा छोटो समयमा आयोजना गरिएको उक्त कार्यक्रममा डिसी महानगर क्षेत्रका नेपाली समुदायको उपस्थिति रहेको थियो l
सो कार्यक्रममा समाजका विभिन्न समुदाय सदस्यहरुले नेपालमा भएको जनधनको क्षति बारेमा चर्चा गरेका थिए भने वक्ताहरुले देश शोक मग्न छ ,देश तहस नहस छ र यस बिपत परिस्थितिमा हामीले सहयोग गर्नु पर्छ भन्दै यसको लागि स्वयम् सेवकहरु नेपाल पुगी राहत वितरण गर्दै गरेको जानकारी गराएका थिए l
र, उक्त दुखमा साथ दिदै कविता बाचन गरिनुको साथै वरिपरी दीप प्रज्वलन गरिएको थियो | समुदायका तर्फ बाट कविन्द्र सिटौला ,कमल भट्टराई ,दधि ढुंगाना , मधु पन्थी तथा नेपालबाट आउनु भएका योग गुरु ललित शंकर योगीले समेत बोल्नु भएको थियो l
उक्त श्रद्धान्जली कार्यक्रममा अमेरिका बाट नेपाल गइ भूकम्प पिडितहरुलाई राहत वितरण गर्ने तथा अहोरात्र खट्ने बिशेष सागर कंडेल तथा पदम रेग्मीलाई सबैले सम्झना गरेका थिए l
प्रतिक्रिया