अग्निपीडितका लागि राहत हस्तान्तरण

इनेप्लिज २०७२ वैशाख २६ गते १:२५ मा प्रकाशित

Taplejung-sadak_20150329100135ताप्लेजुङ, २६ वैशाख । ताप्लेजुङ आगलागी पीडितका लागि दक्षिण कोरियामा सङ्कलित रु ८५ हजार राहत शुक्रबार हस्तान्तरण गरिएको छ ।

दक्षिण कोरियामा रहेका इलामे युवाको सक्रियतामा सङ्कलन गरिएको राहत रकम अग्निपीडितलाई एक समारोहबीच रासस इलामका प्रतिनिधि गोविन्दप्रसाद लामिछानेले हस्तान्तरण गर्नुभएको हो ।

डेढ महिनाअगाडि ताप्लेजुङको तोक्मेडाँडामा आगलागीका कारण ५० घरपरिवार पीडित बनेका छन् ।

इलाम सूर्याेदय सेवा समाज दक्षिण कोरियाका अध्यक्ष हरि खनालको नेतृत्वमा राहत सङ्कलन गरिएको हो ।

प्रतिक्रिया