एनआरएन अमेरिका महाभूकम्प प्रभावित जिल्ला रसुवा पुग्यो, राहत प्याकेज सहित १२ कक्षा सम्म निशुल्क क्षात्रबृत्ति प्रदान
अघिल्लो साता शनिबार गएको प्रलयकारी महाभूकम्पको त्राशदीपूर्ण चपेटामा परेको दुर्गम पहाडी जिल्ला रसुवा सरमथलीका जनताले लगभग दुई साता पछि सात समुन्द्र पारी अर्थात् गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको तर्फबाट वितरण गरिएको राहत प्याकेज प्राप्त गरेका छन् ।एनआरएन अमेरिकाका निबर्तमान अध्यक्ष र नव निर्वाचित अध्यक्ष क्रमश खगेन्द्र जिसी र डा. केशब पौडेलको नेतृत्वमा गएको उद्धार टोलीले महाभूकम्पको त्राशदीपूर्ण चपेटामा परेका दुर्गम पहाडी जिल्ला रसुवा सरमथलीका जनतालाई सरकारी र अन्य गैर सरकारी क्षेत्रको उद्धार पाउन नसकेको अवस्थामा लगभग दुई साता पछि राहत प्याकेज उपलब्ध गराएर उनीहरुको दुखिरहेको घाउमा सानै सहि राहतको मल्हम लागएका हुन् । दुर्गम पहाडी जिल्ला रसुवा सरमथली पुगेकी एनआरएन अमेरिकाकी नव निर्वाचित सहसचिब संगीता लम्साल ‘सिवाकोटी’ले दिएको जानकारी अनुसार बिहिबार राजधानी काठमाडौंबाट दुई ट्रक राहत प्याकेज सहित दुर्गम पहाडी जिल्ला रसुवा सरमथली पुगेको एनआरएन टोलीमा चिकित्सकहरु डा. केशब पौडेल डा. सन्तोष घिमिरे, रेखा हमाल, लक्ष्मी ढकाल र डा. मिनर जिसीको समुहले स्वास्थ्य शिबिर संचालन गरी करिब ४५७ जनाको स्वास्थ्य परिक्षण गरेको थियो । एनआरएन अमेरिकाकी नव निर्वाचित सहसचिब संगीता सिवाकोटीले दुर्गम पहाडी जिल्ला रसुवा सरमथलीबाट दिएको जानकरी अनुसार उद्धार तथा राहत टोलीमा संघकी उपाध्यक्ष रबिना थापा, निबर्तमान बरिष्ठ उपाध्यक्ष लोक तिवारी, महिला संयोजक राधा पौडेल, सदश्य मोहन ज्ञवाली लगाएत झन्डै एक दर्जन गैर आवाशीय नेपालीको सहभागिता रहेको थियो । सिवाकोटीका अनुसार एनआरएन अमेरिकाको तर्फबाट लागिएको दुई ट्रक राहत सामग्रीबाट करिब ३०० परिवारलाई एक थान टेन्ट, ब्ल्यांकेट, एक बाकस चाउ-चाउ र एक बोरा चामल प्रदान गरिएको थियो । उद्धार तथा राहत वितरण टोलीले दुर्गम पहाडी जिल्ला रसुवा सरमथलीका जनताको जीवनस्तर र महाभूकम्पले त्यस क्षेत्रमा पुर्याएको त्राशदीपूर्ण क्षति देखेर महाभूकम्पमा परि आफ्ना अभिभावक गुमाएका परिवारका स्कुल जाने उमेरका सम्पूर्ण बिद्यार्थीहरुको लागि १२ कक्षा सम्म निशुल्क क्षात्रबृत्ति प्रदान गरेको छ । एनआरएन अमेरिकाको उद्धार तथा राहत वितरण टोलीले यस अघि महाभूकम्पको त्राशदीपूर्ण चपेटामा परेका देशका विभिन्न भागमा उद्धार तथा राहत वितरण गरी सकेको छ र संघको उद्दार तथा राहत बितरण कार्य निरन्तर जारी रहेको संघका निबर्तमान अध्यक्ष खगेन्द्र जिसीले रसुवाबाट हामीलाई जानकरी दिएका छन् ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया