बेलायतमा केन्टबरी नेपाली समाजले श्रद्धाञ्जली अर्पण गरे ।

इनेप्लिज २०७२ वैशाख २५ गते २१:३१ मा प्रकाशित

लण्डन बैशाख २५। बेलायतस्थित केन्टबरी पिलग्रिम स्कुलको परिसरमा स्कुलका शिक्षकहरु, विद्यार्थीहरु र केन्टबरी नेपाली समाजले दिप प्रज्जलन गरि शक्तिशाली भुकम्पमा परि दिवंगत भएकाहरुको आत्माको चीर शान्तिको कामना गदै श्रद्धाञ्जली अर्पण गरेका थिए । c3
महाभूकम्पका कारण धेरै धनजनको क्षति भोग्नु परेको छ भने हजारौ परिवार दुखशोकमा परेका छन । यस्तो आपतकालीन समयमा बेलायतका केन्टबरी शहरमा नेपाली समाजले १३औ दिनको पुण्यतिथी पार्दै दिवंगत प्रति श्रद्धाञ्जली अर्पण गदै समाजले आर्थिक सहयोग र राहत सामग्री संकलन गर्ने निणर्य गरेको जानकारी पिलग्रिम स्कुल खेल बिभागका मास्टर राजेश राईले जानकारी दिनु भएको हो ।
उक्त स्कुलका प्रधानध्यापक र उपप्रधानध्यापको संयोजन रहेको कार्यक्रममा केन्टबरी मेयर आलन्द नर्थ , ईथनीक माईनोरिटीका अध्यक्ष मिस्टर माईक वालिङ्ग, काउन्सिलर लिन बोवन, स्टी पोल्स चर्जका पादरी जे रिर्चड, केन्टबरी समाजका सल्लाहकार जीत घर्ती मगर, समाजसेबी सलिना राई , राजकुमार याख्ह , झापा निवासी कबिता राइ सार्थै दोश्रो गोर्खा पल्टनका साजन्ट अनिल राई , साजन्ट कमल राईले हार्दिक सद्धान्जली र चिर शान्तिको कामना गदै दिप पज्जलन गरेका थिए । उपस्थित समारोहले २ मिनट मौनधारण गरेको कार्यक्रम पिलग्रिम स्कुलका शिक्षिका सुजता राईले संन्चालन गरेकी थिईन ।c2

राष्ट्रिय विपतिको सामना गर्ने शक्ति नेपाल र नेपालीलाई प्राप्त होस भनि केन्टबरी नेपाली समाज र बेलायती नागरिकले साथ दिईरहेका थिए । स्कुलका साना साना भाई बहिनी विद्यार्थीहरुले “लेट्स प्रे फर नेपाल”, “स्टे स्ट्रोङ्ग नेपाल” जस्ता निती वाक्य शव्द भएको नेपाली झण्डा र हातमा क्याक्डिल बोकेको देखिरहदा शतप्रतिसत उपस्थिती समारोहले आशुको सागर बगाईरहेका थिए ।

11193409_10202927650272613_6215101923159877566_n
हाम्रो देश नेपाल र नेपाली जनताले ईतिहासमै ठुलो प्राकृतिक प्रकोप सहनु परेको छ । मुलुकले अकल्पनिय क्षेति व्यहोरिरहेको छ । नेपालीहरुको यो दर्दानक परिबेशमा सहयोगका हातहरु महत्वपुर्ण देखिएका छन । हाम्रो सानो सहयोगले नेपाली समाज र नेपाली गाउ घरमा ठुलो भलो हुने छ ।
स्कुलका प्रधानध्यापक एलिस र शिक्षिका सुजताकोे संयोजकमा केन्टबरी नेपाली समाजले आर्थिक सहयोग र राहत सामग्री संकलन गरी उक्त राहत सामग्रीलाई जि डबल्यु टि मार्फत नेपाल पठाउने निर्णय गरेको बताएका छिन ।

प्रतिक्रिया