काठमाडौं, । महाभूकम्पमा गरी मृत्यु भएकाहरुको आत्माको चीरशान्तिको कामना गर्दै कलाकारहरुले विहीबार साँझ मैनबत्ती बालेका छन् ।
राजधानीको प्रज्ञा भवनमा भेला भएका विभिन्न क्षेत्रका कलाकारहरुले मैनबत्ती बालेर मृतकहरुप्रति शोक र उनीहरुका परिवारजनामा समवेदना व्यक्त गरेका हुन् ।
यसरी श्रद्धान्जली दिन ठूलो संख्यामा गीत–संगीत, चलचित्र, ललितकला लगायतका क्षेत्रका कलाकारहरु प्रज्ञा भवनमा भेला भएका थिए ।
प्रतिक्रिया