सलमान खान कारागार जानु नपर्ने र उनका समर्थकहरु खुशी

इनेप्लिज २०७२ वैशाख २५ गते ११:१८ मा प्रकाशित

DSC01346-150x150

बलिउडका ख्याति प्राप्त अभिनेता सलमान खानले जीवनमा ठुलो राहत पाएका छन् । गत वुधबार मुम्बइको सेसन अदालतले सलमानलाई ५ बर्षको जेल सजायँ सुनाएको थियो भने सलमानका वकिलले उच्च न्यायलयमा यो फैसला रोक्न र जमानत दिनका लागि अपिल गरेका थिए ।

जसका कारण सलमानलाई वुधबार जेल जानु परेन र उच्च न्यायलयमा सुरु भएको बहसमा सलमानको पक्षमा फैसला आएको छ । सलमान खानलाई सेसन अदालतले ५ बर्षका लागि सुनाएको सजायँ तत्काल कार्यन्वयन नगर्न उच्च न्यायलयले फैसला सुनाएको छ । यो फैसलासँगै सलमानको जिवनमा पनि ठूलो राहत मिलेको छ ।

सलमान खान मुम्बइको सेसन अदालतमा पुगी आत्मसर्मपण गरे पछि मात्र जमानत दिइनेछ । सन् २००२ मा सलमानले नशामा गाडी चलाउँदा सडक पेटीमा सुतिरहेका ४ जना मध्ये १ जनाको निधन र ३ जना घाइते भएका थिए । यसपछि सलमानले ‘हिट एण्ड रन केस’को मुद्दा खेप्नु परेको थियो l

सलमानको मुद्दाको सुनुवाई जुन १५ लाई तोकिएको छ भने बहस जुलाइबाट प्रारम्भ हुने छ । उक्त जमानत को लागि ३० हजार जरिवाना तिरेर मात्र सलमानले जमानत पाउनेछन् । ।

सलमानले अब विदेश जानुअघि अदालतसँग स्विकृती लिनुपर्ने आदेश पनि दिएको छ ।

प्रतिक्रिया