बिहीबार, मंसिर ११ २०७७
काठमाडौं २३:२४
वासिङटन डिसी 12:39

आईपीएलमा कोलकत्ताद्वारा दिल्ली पराजित

इनेप्लिज २०७२ वैशाख २५ गते १०:५४ मा प्रकाशित

 

Kolkata_Knight_Ridersकाठमाडौं २५ वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले पराजित गरेको छ ।
कोलकत्ताको जितमा युसुफ पठानको ४२ रनको पारी र पियुष चावलाको चार विकेट महत्वपूर्ण रह्यो ।
इडेन गार्डेनमा पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनायो । उसका लागि पठानले २४ बलमा तीन चौका र तीन छक्काको मदतमा ४२ रन बनाए ।
रोविन उथप्पाले ३२ रन जोडे । मनिष पाण्डे र पियुष चावलाले २२/२२ रन जोडे । जोहन बोथाले ५ बलमा चार चौकासहित १७ रन बनाए ।
इमरान ताहिरले २ विकेट लिए ।
जवाफमा मैदान उत्रिएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।
उसका लागि श्रेयर अथ्यरले ४० रन बनाए । जेपी डुमुनी र मनोज तिवारीले समान २५/२५ रन जोडे भने शौरभ तिवारीले अविजित २४ रन जोडे पनि टोलीका हार टार्न सकेनन् ।
दिल्लीलाई सस्तैमा समेट्ने क्रममा पियुष चावलाले ३२ रन दिएर चार विकेट लिए ।

प्रतिक्रिया