भूकम्पबाट गोरखामा चार शिक्षकको मृत्यु, ११ घाइते, ४९५ विद्यालयमा क्षति

इनेप्लिज २०७२ वैशाख २५ गते ७:१४ मा प्रकाशित

पोखरा, २५ वैशाख । वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट गोरखामा चार शिक्षकको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएका छन् ।

सो भूकम्पबाट गोरखामा रहेका सबै ४९५ सामुदायिक विद्यालयमा क्षति पुगेको छ ।

विनाशकारी भूकम्पबाट मुच्चोकटार निमाविका शिक्षक इन्द्रलाल अधिकारी, हरि अधिकारी, झर्कपुरी प्राविका देवनारायण देवकोटा र भूमिज्योति निमावि मुच्चोकटारकी सरला गुरुङको मृत्यु भएको सहायक जिल्ला शिक्षा अधिकारी हेमप्रसाद आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै भूकम्पबाट जनप्रभात प्राविका कृष्णकुमारी भट्टराई, मालेढुङ्गा लक्षी प्राविका तुल्सी अधिकारी, शुखला अधिकारी, चतुरमाला उमाविका बुद्धिबहादुर विक, सुमन श्रेष्ठ, झर्कपुरी प्राविका बाबुराम पन्त, मुच्चोकटार निमाविका सोवित ढकाल र देवी चतुरमाला प्राविका नेत्र देवकोटा घाइते भएका छन् ।

प्रतिक्रिया