मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १९:५९
वासिङटन डिसी 09:14

नेप्लिज सोसाईटी टेक्सासले नेपालका भुकम्प पिडीतको लागि १ लाख २७ हजार १४० डलर संकलन

इनेप्लिज २०७२ वैशाख २५ गते ५:०७ मा प्रकाशित

वाल्टिमोर , मे ७/ नेप्लिज सोसाईटी टेक्सासले नेपालका भुकम्प पिडीतको लागि १ लाख २७ हजार १४० डलर संकलन गर्न सफल भएको छ । संस्थाका अध्यक्ष भुवन आचार्यले विहीवार उपलब्ध गराउनु भएको तथ्यांक अनुसार उक्त रकम संकलन भएको हो । गत अप्रिल २५ तारिखकै दिन आकस्मिक वैठक वसी संस्थाले मातृभूमिमा परेको विपत्तिको लागि सहयोग गर्न अनुरोध गरेको थियो ।

आचार्यले भन्नु भयो देशमा परेको पीडामा जे जसरी हुन्छ सहयोग गर्न टेक्सासमा रहनु भएका नेपाली दाजुभाई, भारतीय मूलका नागरिक तथा अमेरिकी नागरिकहरु समेतलाई सहयोगको लागि अपिल गरेका थियौं, हामीहरुको अपिललाई सहयोगी हातहरुले साथ दिनु भएको छ । आचार्यले दिनु भएको जानकारी अनुसार यस अगाडि नै सोसाईटीका पूर्व अध्यक्ष गौरी जोशीको नेतृत्वमा ६ सदस्यीय टोली नेपाल गएको छ । उक्त टोलीमा डा.झरना श्रेष्ठ सहितको टोलीले नेपालमा राहत वितरण तथा घाईतेको उपचारमा संलग्न भएको थियो । आचार्यले भन्नु भयो अर्को १२ सदस्यीय टोली आगामी शनिवार त्यस तर्फ प्रस्थान गर्ने भएको छ ।

अध्यक्ष आचार्यले भन्नु भयो –संस्थाले अल्पकालमा राहतको कार्यक्रम मार्फत सहयोग गरेको र दीर्घकालमा पुर्नस्थापना तथा पुर्नवासको लागि समेत सहयोग गर्न कसरी सकिन्छ भनेर छलफल गरेको छ । हामी भौतिक र आवश्यक सामाग्रीहरु समेत पछि पनि प्रदान गर्ने सोचमा रहेका छौं, तर यही नै भन्ने निर्णय गरिनसकेकोले विस्तृतमा पछि सार्वजनिक गर्नेछौं, आचार्यले भन्नु भयो ।

नेपालमा गएको भुकम्पको वारेमा स्थानीय फोक्स ४, एविसि टिभी, च्यानल ८ जस्ता च्यानलहरुले समेत प्राथमिकताको साथ समाचार संकलन गरेका थिए ।

टेक्सासमा रहेका नेपाली संस्थाहरु मध्ये समुदायमा विभिन्न रचनात्मक कार्यहरु अग्रणी रुपमा सञ्चालन गर्दे आएको एनएसटिले सन् १९९८ वाट आफनो सेवा सञ्चालन गर्दे आएको छ । यो संस्था अमेरिकी कानून अनुसार ५०१ अन्र्तगत दर्ता भएको संस्था हो । यसले कोष सञ्चालनको लागि चन्दा संकलन गर्ने वैधानिक हैसियत राख्दछ ।

प्रतिक्रिया