हार्दिक श्रद्दान्जली !!!

इनेप्लिज २०७२ वैशाख २४ गते २२:५२ मा प्रकाशित
२०७२ साल बैशाख १२ गते काष्ठमण्डप मन्दिरपरिसरभित्रै निम्बस बचत तथा ऋण सहकारी संस्था, मरु, इलाछेंको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा रगत दान गरिरहेका निमा सिंह प्रजापति, अनुराग कु.माखोरिया, राकेशलाल श्रेष्ठ, प्रकाश मानन्धर, निलु चित्रकार, मंजु नेपालि, कल्पना श्रेष्ठ सहित सात जना दाता र रक्त संकलनमा खटिएका लालमाया गुरुङ, सानुमाया कपाली, सिमरन डंगोल सहित तिन जना कर्मचारीको भूकम्पमा परी दु:खद निधन भयो । आफ्नो शरीरको अमुल्य रगत दान गरि अरुको जीवन बचाउन खोज्ने यस्ता रगत दाता र सहयोगी हरुको दिवंगत आत्माको शान्तिको कामना गर्दै हार्दिक श्रद्दान्जली अर्पण गर्दछौ ।
प्रार्थी,
सम्पूर्ण रक्तदाताहरु तथा
अर्जुनप्रसाद मैनाली
संस्थापक सदस्य, ब्लड डोनर्स एसोसिएसन अफ नेपाल
संस्थापक अध्यक्ष, ब्लड डोनर्स अफ अमेरिका
संस्थापक अध्यक्ष, इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स

प्रतिक्रिया