भूकम्प प्रभावित परिवारका लागी सरभाईवर किट” लिदै डिसीबाट युवा नेपाल उडे

इनेप्लिज २०७२ वैशाख २४ गते १६:५६ मा प्रकाशित

image1

नेपालको बिराटनगर घर भै हाल डिसी महानगर क्षेत्रको भर्जिनियाको वर्कमा बसोबास गर्दै आएका सुनिल दाहाल मुलकमा भूकम्प गए पछि राहत को लागि आज नेपाल हानिएका छन् l उन्ले भूकम्प पछीको सम्भावित संक्रमणको अवस्थालाई मध्य नजर गरी सो सम्बन्धी रोकथाममा सहयोग गर्न १ सय परिवारहरूको सहयोगार्थ मास्क. पानी सुद्ध सुपार्ने औषधी, हातमा लगाउने पन्जा हात सफा गर्ने वाईप/जेल, टर्ट लाईट, मच्छर व्यान्ड सहितको “सरभाईवर किट”लिएर जादै गरेको जानकारी ईनेपलिज डटकमलाई विमानस्थल बाट बताए l

उन्ले अगाडी भने यो मेरो मात्रूभूमिको लागी व्यक्तिगत सहयोग हो l भूकम्प प्रभावित परिवार जस्ले राहत पाउन सकेका छैनन, तिनलाई वितरण गरिने जनाए l

प्रतिक्रिया