शनिबार, मंसिर २० २०७७
काठमाडौं ०१:५८
वासिङटन डिसी 15:13

पन्जाबमाथि बैंगलोरको विशाल जित

इनेप्लिज २०७२ वैशाख २४ गते १२:०७ मा प्रकाशित

sanjuphoto-688x800काठमाडौं, २४ वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोर बिजयी भएको छ ।
क्रिस गेलको विस्फोटक ब्याटिङको मद्दतमा बैंगलोरले बुधबार राति घरेलु मैदानमा किंग्स इलेभेन पन्जाबलाई १३८ रनले हराएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको नोक्सानीमा २२६ रनको विशाल योगफल तयार पार्‍यो । क्रिस गेल एक्लैले ११७ रन हिर्काए । गेलले मात्र ५७ बलमा १२ छक्का र ७ चौकाको मद्दतमा उक्त शानदार पारी खेलेका हुन् ।
बैंगलोरको इनिङ्समा एबी डि भिल्लियर्सले पनि ४७ रनमा अभिजित रहे ।
२२७ रनको विशाल चुनौती पछ्याएको पन्जाब १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८८ रनमा समेटियो। अक्षर पटेलले ४० रन बनाए। पन्जाबका अन्य कुनैपनि ब्याट्सम्यान क्रिजमा जमेनन्।
पन्जाबको इनिङ्सलाई ध्वस्त पार्नेक्रममा मिचेल स्टार्क र श्रीनाथ अरविन्दले समान ४–४ विकेट लिए।

प्रतिक्रिया