शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०१:५२
वासिङटन डिसी 15:07

वर्षाअघि नै सुरक्षित घर बनाउने प्याकेज ल्याउन एमालेको आग्रह

इनेप्लिज २०७२ वैशाख २४ गते १०:५० मा प्रकाशित

UML_20141013053350_20141013062631-300x225काठमाडौँ, २४ वैशाख । नेकपा (एमाले) को ‘भूकम्पपीडित उद्धार तथा राहत केन्द्रीय समन्वय समिति’ को आजको बैठकले पूर्ण क्षतिग्रस्त भएका घरहरुको सट्टा नयाँ घर निर्माणको प्याकेज वर्षाको समयअघि नै व्यवस्था मिलाउनुपर्नेमा जोड दिइएको छ ।

नेकपा (एमाले) केन्द्रीय कार्यालय मदननगर बल्खुमा आज बसेको बैठकमा भूकम्पपीडितलाई नयाँ घर निर्माण गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगदाता र सरकार मिलेर प्याकेज बनाई वर्षाको समयअघि नै पीडितलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउनुपर्नेमा विशेष जोड दिइएको हो ।

पार्टी महासचिव तथा समितिका संयोजक ईश्वर पोखरेलले वर्षाको बेला आइसकेको हुनाले भूकम्पपीडितलाई सरकारी तथा गैरसरकारी सबै मिलेर प्याकेज बनाई जतिसक्दो छिटो क्षतिग्रस्त घरको सट्टा नयाँ घर निर्माण गर्नुपर्ने विषयमा छलफल भएको बताउनुभयो ।

सरकारले १४ वटा जिल्लालाई भूकम्पद्वारा बढी क्षतिग्रस्त र अति प्रभावित जिल्ला घोषणा गरेको तर लमजुङ र सोलुखुम्बु जिल्ला छुटेकाले यथाशीघ्र ती दुई जिल्लालाई समेटेर राहत र पुनःस्थापना कार्य अघि बढाउन सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

बैठकपछि नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको प्रेस विज्ञप्तिमा २०७२ जेठ १ देखि उपत्यका र प्रभावित स्थानका विद्यालय खुल्ने तयारी रहेकामा सरकारले विद्यालय भवन तथा कक्षा कोठाहरु क्षतिग्रस्त भएका जिल्लाका विद्यालयमा अविलम्ब ठूलो आकारका त्रिपालको व्यवस्था मिलाएर पठनपाठनलाई नियमित र सुचारु गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको उल्लेख छ ।

त्यस्तै, पार्टीको सिङ्गो पङ्क्तिलाई भूकम्प प्रभावित जिल्लामा राहत पठाउन तथा पुनःस्थापना र पुनःनिर्माणका लागि स्वयम्सेवक परिचालन गर्न केन्द्रित गर्ने र त्यसका निम्ति केन्द्रीय योजना र विकेन्द्रित कार्यान्वयनको नीतिअनुरुप तराईका २० जिल्लामा पार्टी पङ्क्तिले अभियानका रुपमा खाद्यान्न (चामल÷दाल) सङ्कलन गरी पीडितसमक्ष पु¥याउन बैठकले निर्देशित गरेको विज्ञप्तिमा जनाइएको छ ।

आजै सम्पर्क विशेष समन्वय कमिटीले रु पाँच लाखको चेक समितिका संयोजक महासचिव पोखरेललाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया