गैर आबसिय नेपाली संघ केन्याको प्रेस विज्ञप्ति

इनेप्लिज २०७२ वैशाख २४ गते १०:४७ मा प्रकाशित

unnamed

मिति २०७२ बैसाख १२ मा गएको बिनाशकारि महाभुकम्पले नेपालमा हुन गएको अपुरणीय मानबिय तथा भौतिक क्षती प्रति हामी अत्यन्त् मार्माहित भएका छौ l उक्त घट्ना बाट पिडित हुनुभएका स्वजनहरुको राहत सहयोग लागि गैर् आवासिय नेपाली संघ अन्तरास्ट्रिय समितिको अनुरोधमा एनआरएनए केन्याले नेपाल भुकम्प अपत्कालिन् उद्धार र सहयोग कोश् को स्थापना गरेको थियो l र उक्त कोष मा केन्यामा बिभिन्न् पेशा ब्यबसाय गर्नु हुने महान् भाब्हरु ,रास्ट्रिय तथा अन्तर रास्ट्रिय सङ् सस्थाहरु मा कार्यरत नेपालीहरु ,केन्या को लागि अबैतानिक् महा बाणिज्यदुत जिम्मि अस्कर ज्यु , जुमा हार्ड वेअर क्यान्सर केयर , फराजाका कर्मचारीहरु र केन्यामा रहनुभएका केहि भारतिय मित्र हरु बाट् हामिलाइ सहयोग प्राप्त भएको छ् l र सहयोगको क्रम जारी छ |अहिले सम्म प्राप्त भएको लग्भग् ८ लाख नेपाली रुपया , काठमाडौँ स्थित एनआरएनएको राहत कोषमा पठाई सकियको छ् l

उक्त कार्य मा सहयोग गर्नुहुने सम्पुर्न् महान भाब हरु मा हाम्रो तर्फ बाट हार्दिक धन्यबाद ब्यक्त गर्न चाहन्छौ l यस्को साथै नैरोबि मा रहनुभएका सम्पुर्ण नेपालीहरु एसएसडि मन्दिर् मा उपस्थित् भएर् दीप प्रज्वलन गरि मृतकको को आत्मा को चीर सान्तिको को कामना गर्दै २ मीनेट मौन धारण गरिएको थियो र शोक सन्तप्त परिवार् प्रति हार्दिक सम्बेदना प्रकट गर्दै घाइते हरु को यथा शीघ्र् स्वास्थ लाभको कामना गरियको थियो
|

भवदीय ,
राम चन्द्र बस्याल् ,अधक्ष्य
कृष्ण दत्त भट्ट ,महासचिब

प्रतिक्रिया