लस एन्जलसमा नेपाली दुतावासको घुम्ती प्रशासनिक सेवा केन्द्र सम्पन्न

इनेप्लिज २०७२ वैशाख २४ गते ३:३२ मा प्रकाशित

MRP Application Collection Camp LA 4

दक्षिण क्यालिफोर्नियाका नेपाली समुदायको राहदानी, अन्य प्रशासनिक र कागजी समस्या समाधान गर्न आएको वाशिंगटन डिसीस्थित नेपाली दुतावासका अधिकारीहरुले यस क्षेत्रका नेपाली समुदायको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आबेदन संकलन कार्य सम्पन्न गरेका छन् । गत सोमबार    प्रशासनिक सेवा केन्द्र संचालन गर्न लस एन्जलस आएको नेपाली दुतावासका अधिकारीहरुले यस क्षेत्रका नेपाली समुदायको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आबेदन संकलन कार्य सम्पन्न गरेका हुन् । यस क्षेत्रका लागि नेपालका बाणिज्यदुत ऋषि ढकालको पहलमा यस क्षेत्रका नेपाली समुदायको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आबेदन संकलन कार्य सम्पन्न भएको हो ।

MRP Application Collection Camp LA सानडियागोस्थित नेपाली वाणिज्यदुत ऋषि ढकालले दिएको जानकारी अनुसार वाशिंगटन डिसीस्थित नेपाली दुतावासका कार्यबाहक राजदुत ऋषि घिमिरे र द्धितिय सचिव लेखनाथ गौतमले लस एन्जलसमा प्रशासनिक सेवा केन्द्र संचालन गरी यस क्षेत्रका नेपाली समुदायको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आबेदन संकलन गरेका थिए । वाणिज्यदुत ऋषि ढकालले दिएको जानकारी अनुसार नेपालको महाभूकम्पको पिडामा रहेका यस क्षेत्रका नेपाली समुदायका झन्डै पचास मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आबेदन संकलन गरिएको र राहदानी बनाउने प्रक्रिया सुरु भैसकेको छ । संकलित मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आबेदन नेपाली दुताबास मार्फत परराष्ट्र मन्त्रलाय पठाई तिन महिना भित्र वितरण गरिने छ  । यद्यपि शरण लिएर बसिरहेका नेपाली समुदायको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) प्रक्रिया अझै नेपाल सरकारले सुरु नगरेकोमा स्थानिय बासिन्दा रुष्ट बनेका थिए । घुम्ती प्रसासनिक केन्द्रमा भेटिएका नेपालीहरुले अबिलम्ब शरण लिएर बसिरहेका नेपाली समुदायको मेसिन रिडेबल पासपोर्ट निर्माण प्रक्रिया सुरु गर्न सरकार समक्ष जोडदार माग गरेका छन् ।

MRP Application Collection Camp LA 2वाणिज्यदुत ऋषि ढकालले घुम्ती सेवा सकिए पनि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आबेदन संकलन कार्य आफ्नै पहलमा सुचारु राख्ने जानाकरी दिएका छन्  । यदि तपाइँ घुम्ती सेवामा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउने अवसरबाट वन्चित हुनु भएको छ भने वाणिज्यदुत ऋषि ढकालको टेलिफोन नम्बर ६२६ ३२० २४३७ मा सम्पर्क राख्न सक्नु हुने छ ।

MRP Application Collection Camp LA 1

प्रतिक्रिया