बुधबार, मंसिर १० २०७७
काठमाडौं ०८:१३
वासिङटन डिसी 21:28

अमेरिकामा नेपाली मुलका सिटौला नगर उप प्रमुखमा बिजयी

इनेप्लिज २०७२ वैशाख २४ गते १:२७ मा प्रकाशित

kiran

अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यमा बसोबास गर्दै आएका किरण सिटौलाले ईतिहास लेख्दै मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीको नगर उप प्रमुखमा बिजयी भएका छन् l

अमेरिकी मुलधारको राजनीतिमा नेपाली मूलका ब्यक्ति सार्वजनिक पदमा सम्भवत निर्वाचित भएको यो पहिलो घटना हुन् पुगेको छ l सिटौलाले चुनावी मैदानमा उत्रेका आफ्ना ४ जना प्रतिद्वन्दीलाई पछार्दै स्वतन्त्र उम्मेदवारबाट जित हात परेका हुन् lनगर प्रमुखमा बिजयी भएका श्वेत उम्मेदवार ब्रायडन पोलिनले सबै भन्दा ज्यादा मत प्राप्त गरेका थिए भने सिटौला दोश्रो बढी मत पाउने उम्मेदवार भएका छन् l

प्रतिक्रिया