कङ्गोमा राष्ट्रसंघीय दुई शान्ति स्थापकको हत्या
किन्सासा, २३ वैशाख । अफ्रिकी देश कङ्गोमा दुई जना शान्ति स्थापक सैनिक मारिएको समाचारमा जनाइएको छ । पूर्वी कङ्गोमा विद्रोहीहरुले विद्युतीय धरापमा पारी ती सैनिकको ज्यान लिएका छन् ।
संयुक्त राष्ट्रसंघले मङ्गलबार सो जानकारी दिएको हो । कङ्गोमा हालैका दिनमा जारी रहेको हिंसाको चपेटामा परी कयौं नागरिको ज्यान गएको छ । सो शृंखलाको पछिल्लो अध्यायका रुपमा मङ्गलबार ती सैनिक मारिएका हुन् ।
केही दिनमात्र अघि पनि कङ्गोमा एक हेलिकोप्टरमा विद्रोहीहरुले आक्रमण गरी भएको झडपमा कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको थियो । विद्रोहीले सो हेलिकोप्टरमा आक्रमण गरी त्यहाँ भित्र रहेका सैनिकसँग भिडन्त गरेका थिए ।
उक्त भिडन्तमा परी ती सैनिक मारिएका बताइएको थियो । कङ्गोको उत्तरी किभु प्रान्तमा रहेको बेनी नगरमा पुगेको शान्ति सैनिकको सवारीसाधनलाई उनीहरुले एम्बुसमा पारेका थिए ।
मारिनेमा तान्जानियाका नागरिक परेका बताइएको छ । कङ्गोका लागि संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख मार्टिन कोब्लरले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्– यो अत्यन्त दुःखको कुरा भएको छ कि मङ्गलबार पनि शान्ति स्थापनामा खटिएका तान्जानियाका दुईजना नागरिकको ज्यान गएको छ ।
कङ्गोको बेनी नगरमा निरन्तर रुपमा भएको हमला मैले सहन नसक्ने गरी भएको छ र यसरी शान्ति स्थापकका रुपमा रहेका राष्ट्रसंघको मिसनमाथि गरिएका हमलाहरु कुनैपनि हिसाबले सहन सकिँदैन । रासस÷एएफपी
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया