सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०६:५६
वासिङटन डिसी 20:11

आहत भएका भूकम्पपीडितलाई नेपाली समाज टेक्सासको मल्हम -फोटो फिचर

इनेप्लिज २०७२ वैशाख २३ गते २३:५८ मा प्रकाशित

11144980_427825194055824_3805751551654747059_oवैशाख १२ (अप्रिल २५) गते गएको विनाशकारी महाभूकम्पबाट आहत भएका पीडितहरुलाई प्रत्यक्ष सहयोग गर्न उद्धेश्यले नेपाली समाज टेक्सास (एनएसटी)को अगुवाइमा आएको एक टोलीले नेपालका भूकम्प प्रभावित जिल्लामा सहयोग सामग्री हस्तान्तरण गरिरहेको छ ।
१५ सदस्यीय टोलीमा डाक्टर, नर्स र स्वयं–सेवकहरु छन् । टोलीले गोरखाको मुच्चोक, बुङ्कोट र आरुघाटका भूकम्पपीडितलाई चामल, दाल, तेललगायतको खाद्यान्न सामग्री तथा टेन्ट, ब्ल्याङ्केट वितरण गरेको नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष गौरीराज जोशीले हिमालय खबरलाई बताउनुभयो ।

11194474_427844757387201_3653322406674344536_o
उहाँले आरुघाटका १२ सय घरधुरीलाई पुग्ने गरी राहत सामग्री वितरण गरिएको बताउनुभयो । आरुघाटमा क्याम्प राखेर मेडिकल सेवासमेत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।

11174409_427825214055822_922190740867100832_o
सोही टोलीले धादिङको धार्केलगायतका विभिन्न स्थानमा स्वास्थ्य सेवासहित सहयोग उपलब्ध गराएको छ । धादिङ, नुवाकोटको तुक्चेमा पनि २ सय परिवारलाई स्वास्थ्य सेवा प्रदान गरिएको टोली प्रमुख जोशीले बताउनुभयो । यस्तै काठमाडौँका साँघु र डाङ्चेका ५०/५० परिवारलाई स्वास्थ्य सेवा दिइएको थियो ।

नेपाली समाज टेक्ससका पूर्व अध्यक्ष गौरीराज जोशीको नेतृत्वमा खटिएको टोलीले भूकम्पबाट अति प्रभावित क्षेत्रहरुको अवलोकन गरी राहत तथा स्वास्थ्य सेवा प्रदान गरिएको उहाँले बताउनुभयो ।
भूकम्पपीडितका लागि राहत तथा स्वास्थ्य सेवा गरी एक करोड रुपैयाँभन्दा बढीको सहयोग गरिएको उहाँले बताउनुभयो । नेपाल र नेपाली नागरिकमाथि परेको दैवी विपत्तिमा अमेरिका बसोबास गर्ने नेपालीहरुको सद्भावबाट पीडामा मल्हम लगाउन नेपाली समाज टेक्ससको नेतृत्व गरी प्रभावित क्षेत्रमै पुगेर मानवीय सेवा गरिरहेको उनले बताए । पीडितका लागि राहत संकलनमा सहयोग गर्ने सबै सहयोगीप्रति उनले धन्यवाद दिएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा आउँदा स्थिति सोचेभन्दा पनि बिकराल रहेको भन्दै उनले यस्तो विपत्तिमा सहयोग गर्न सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा अपिलसमेत गरेका छन् । टोलीले राहत तथा स्वास्थ्य सेवा शुक्रबार पनि जारी राख्ने जनाएको छ ।

11117506_816559415059214_1286690891_n

प्रतिक्रिया