पदमपुरमा अनुमति विना निजी विद्यालय सञ्चालन

इनेप्लिज २०७२ वैशाख २३ गते १६:३३ मा प्रकाशित

20150506_112429 20150506_112531
रत्ननगर,चितवन २३ बैशाख
पूर्वी चितवनको पदमपुरमा सरकारी अनुमति विना निजी विद्यालय सञ्चालन भएको छ । पदमपुर वडा नं. ४ मा सञ्चालित सो चित्रवन उच्च माविले नर्सरी देखि ९ कक्षा सम्म अध्यापन गराईरहेको छ । रत्ननगरको वडा नं.२ मा कक्षा ६ देखि १२ सम्म दर्ता भएको विद्यालयले पदमपुरमा नर्सरी देखि ९ कक्षा सम्मका विद्यार्थी भर्ना लिई पढाईरहेको पाईएको हो । सो विद्यालय राष्ट्रिय प्राथमिक विद्यालय समीपुर जुटपानी–७ को सेवा क्षेत्र भित्र सञ्चालन गरिएको छ । शिक्षा नियमावली अनुसार कुनैपनि विद्यालय देखि एक किलो मिटरको दुरीमा अर्को विद्यालय सञ्चालन गर्न साविकको विद्यालय संग अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । तर चित्रवन उच्च माविमाले सो स्थानमा विद्यालय सञ्चालन गर्नुपूर्व छिमेकी विद्यालयसंग अनुमति लिएको छैन भने विद्यालय स्थानान्तरणको अनुमति समेत नलिएको राप्रावि समीपुरका अध्यक्ष सोमबहादुृर खड्काले जानकारी दिनुभयो । रत्ननगरमा सञ्चालनको लागि दर्ता भएको चित्रवन उच्च माविले साविकको स्थानमा कुनैपनि कक्षा सञ्चालन गरेको छैन ।

सो विषयमा सर्वोच्च अदालतमा रिट समेत परेको थियो । अदालतले प्रक्रिया पुरा गरी विद्यालय सञ्चालन गर्नु गराउनु भनि जिल्ला शिक्षा कार्यालय चितवनलाई आदेश गरेको थियो । जिल्ला शिक्षा कार्यालय चितवनले चित्रवन उच्च मावि पदमपुरमा सञ्चालनको लागि प्रक्रिया नपुगेको भन्दै नियम विपरित नगर्ने सम्वन्धमा ताकेता समेत गरी गत बैशाख ६ गते पत्राचार समेत गरेको छ । तर पनि विद्यालयले कक्षा सञ्चालन गरिरहेकोमा स्थानीय अन्य विद्यालयहरुले असन्तुष्टी जनाएका छन । सो विषयमा जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले विद्यालयको स्थानान्तरण प्रक्रियामा रहेका बताउदै कक्षा १ देखि ५ सम्म कक्षा सञ्चालन गर्नु नियम विपरीत रहेको बताउनुभयो ।

भूकम्प पीडित विरामीलाई खाना
भरतपुर । बैशाख १२ गते गएको विनासकारी महाभूकम्पमा घाइते भई नारायणी सामुदायिक अस्पताल भरतपुरमा उपचाररत विरामी र कुरुवाहरुलाई आज बुधवार विहानको खाजा र खाना खुवाईएको छ । लोक गायक नेत्रजी पन्तले बद्री भट्ट र किशोरचन्द्र मिश्रको सहयोगमा अस्पतालमा भर्ना भई उपचार भईरहेका ३५ जना विरामी र ३७ जना कुरुवालाई खाना खुवाईएको हो ।

20150506_112537

20150506_112801

प्रतिक्रिया