आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०७:१६
वासिङटन डिसी 20:31

राहत वितरण कार्यमा उपसभामुख गाउँ–गाउँमा

इनेप्लिज २०७२ वैशाख २३ गते १५:११ मा प्रकाशित

create_thumb.phpललितपुर, २३ वैशाख । विनाशकारी भूकम्पवाट पीडित बनेका स्थानीयवासीलाई राहत वितरण कार्यमा उपसभामुख ओन्सरी घर्ती गाउँ–गाउँ पुग्नुभएको छ ।

जिल्लाको दुर्गम गाउँ माल्टा गाविसका भूकम्प पीडितलाई राहत सामग्री वितरण गर्न उपसभामुख घर्ती आज बिहान भट्टेडाँडा गाविसको तीनपाने भञ्ज्याङ पुग्नु भएको हो ।

उहाँले उक्त गाविसका पीडित परिवारलाई ८९ वटा त्रिपाल वितरण गर्नुभयो । भूकम्पमा परी घरबारविहीन भएकालाई स्थापित गराउन राज्यले पुनःस्थापनाको कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

जिल्लाको अतिदुर्गम ठाउँ रहेको उक्त माल्टा गाविसमा रहेका अधिकांश घर ध्वस्त भएको गाविस सचिव काशीनाथ बिमलीले बताउनुभयो ।

भूकम्पवाट हालसम्म यहाँ २२ हजारको सङ्ख्यामा घरलाई क्षति पुर्‍याएकोमा १६ हजार घरको अवस्था भने पूर्ण रुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ भने कयौँ नागरिक विस्थापित हुनु परेको छ ।

प्रतिक्रिया