शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०१:३४
वासिङटन डिसी 14:49

राहत वितरणमा नेता नेपाल

इनेप्लिज २०७२ वैशाख २३ गते १४:४३ मा प्रकाशित

madhav-Nepalकाठमाडौँ, २३ वैशाख । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले भूकम्पबाट प्रभावित काठमाडौँ निर्वाचन क्षेत्र नं २ का नाङ्ग्लेभारे, इन्द्रायणी, साँखुको सुनटोल, पटाप तथा सिन्धुपाल्चोकको भोटेचौरका जनतालाई आज राहत वितरण गर्नुभएको छ ।

मदन–आश्रित स्मृति प्रतिष्ठानको सहयोगमा उपलब्ध गराइएको राहतमा ५१ क्विन्टल चामल, १६२ थान पाल, २०० कार्टुन चाउचाउ तथा बिस्कुटलगायत सामग्री छन् ।

वैशाख १२ गते गएको भूकम्पका कारण ती क्षेत्रका अधिकांश घरमा क्षति पुगेकाले त्यहाँ बस्न मिल्ने अवस्था छैन ।

स्थानीयबासीले घर मर्मत गरी बस्न नमिल्ने हुँदा सरकारले पैसा तथा राहतभन्दा पनि दीर्घकालीन रुपमा पुनःवासको व्यवस्था मिलाइदिन नेता नेपाललाई आग्रह गरेका थिए ।

नेता नेपालले मुलुकलाई राष्ट्रिय विपत् परेको बेलामा सबै एकजुट भई समाधान खोज्नुपर्नेमा जोड दिँदै आफूले सरकारी तथा गैरसरकारी सङ्घ संस्थामार्फत भूकम्पपीडित परिवारलाई आवश्यक सहयोग गर्न पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।
पार्टीका नेता एवम् प्रतिष्ठान अध्यक्ष प्रदीप नेपाल पनि राहत वितरणमा सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया