शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं २३:०१
वासिङटन डिसी 12:16

अमेरिकी मुलधारको राजनीतिमा जित्यो नेपाली छोरोले, इण्डियन हेड सिटीमा नेपाली मुलका सिटौला उपमेयर बिजयी

इनेप्लिज २०७२ वैशाख २३ गते ९:४९ मा प्रकाशित

Sitaulaअमेरिकी मुलधारको राजनीतिमा नेपाली अमेरिकन किरण सिटौलाले पहिलो पटक सफलता हासिल गरेका छन् । अमेरिकाको मेरील्याण्ड राज्यस्थित इण्डियन हेड सिटीमा भएको काउन्सीलको निर्वाचनमा नेपाली मुलुका किरण सिटौला उप-मेयर पदमा निर्वाचन भएका हुन् । अमेरिकी मुलधारको राजनीतिमा क्रियाशील बाल्टिमोरका ह्यारी भण्डारीले ‘सिटौलाको बिजय नेपाली अमेरिकन सुखद खबर भएको प्रतिक्रिया दिएका छन् । उनकै सब्दमा अमेरिकी मुलधारको राजनीतिमा नेपाली अमेरिकन स्थापित हुन सक्छन भन्ने यो गतिलो नजीर हो । मंगलबार काउन्सिल सिटी हलमा सम्पन्न निर्वाचनमा सिटौला उपमेयर निर्वाचित भएका हुन्। नेपालको राजधानी काठमाडौंको नक्सालमा जन्मेका नेपाली मुलका सिटौलाले उपमेयरको कार्यकाल चार बर्षको हुने छ । अमेरिकन मुलधारको राजनीतिमा नेपाली नेपाली अमेरिकनले विजयी हाँसिल गरेको पहिलो अवशर हो।यस अघि कांग्रेस म्यानको लागि वासिंगटन स्टेटबाट दर्शन रौनियार, स्टेट डेलिगेट्सको लागि एरिजोनाबाट अमृता रेग्मी र बाल्टिमोर बाट ह्यारी भण्डारीले डेमोक्र्याट उम्मेदबारको रुपमा प्रतिस्पर्धा गरेपनि प्रारम्भिक निर्वाचनमै असफल भएका थिए भने भर्जिनियामा जीवन तिवारी स्टेट डेलिगेट्सको लागि यस बर्ष हुने निर्वाचनका लागि प्रतिस्पर्धा गरि रहेका छन् । मंगलबार सम्पन्न निर्वाचनमा उपमेयर सिटौला संगै डेमोक्र्याटबाट मेयरमा ब्रयाडन पोलिन र सिटौला र काउन्सील म्यानमा कोर्टिस स्मिथ विजयी भएका छन् । राजधानीको प्रतिष्ठितस्कुल बुढानिलकण्ठबाट एसएलसी पास गरेका गरेका सिटौलाले अमेरीकास्थित ओहायो विसलीयन युर्निभर्सिटीबाट अन्डरग्याजुऐट गरेका छन् भने उनि सन २००० मा मेरिल्याण्डमा पर्ने इण्डयन हेड सिटीमा बसोबास गर्दै आएका छन् । स्थानिय समुदायको सेवामा सक्रिय रहेकोले आफ्नो विजयी सम्भव रहेको ठान्ने सिटौलाले युर्निभसिटी अफ मेरील्याडबाट डेटावेस टेक्नोलोजीमा स्नातकोत्तर गरे लगत्तै मेरिल्याण्ड राजश्व विभागमा सूचना सेवा अन्तर्गत ओवामा कयेर प्रोजेक्ट म्यानेजरका रुपमा कार्यरत रहँदै आएका थिए । मातृभूमि नेपाल महा भुकम्पको पिडा र त्राशादिले ग्रसित रहेको बेला नेपाली भाषीको लागि यो खबर सुखद हुने एक नेपाली अमेरिकनको भनाइ छ ।

प्रतिक्रिया