बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०१:११
वासिङटन डिसी 14:26

अमेरिकाको टेक्ससमा १२८ जनाले एकै दिन गरे रक्तदान ! AABB को नेतृत्वमा रगत नेपाल पठाउने तयारी गर्दै !

इनेप्लिज २०७२ वैशाख २२ गते १६:३१ मा प्रकाशित

_BRN3176

अमेरिकाको टेक्सास राज्यको ड्यालस शहरमा रहेको नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (NCSC) भवनमा Blood Donor’s of America का केद्रीय अध्यक्ष डा लिला कार्कीको सभापतित्वमा भएको रक्त दान कार्यक्रम “रक्त दान जीवन दान’ भन्ने मूल नाराको बारेमा जन चेतना जगाउने तथा रक्तदान कार्यक्रमको आयोजना गर्ने पबित्र उद्दश्यले सन् 2009 मा अमेरिकाको को न्युयोर्क मा गठित “Blood Donor’s of America” को टेक्सास राज्य कमिटिको आयोजनामा यहि अप्रिल २५,२०१५ मा ‘भब्य रक्त दान’ कार्यक्रमको आयोजना गरिएको थियो।

_BRN3219

_BRN3198

गैर राजतिनिक, गैर जातीय, गैर मुनाफा मुलक संस्था का रुपमा गठित Blood Donor’s of America ले अमेरिकाका विभिन्न शहरहरुमा रक्तदान कार्यक्रम गर्नुका साथै नेपालमा पनि रक्तदान सम्बन्धि जन चेतना जगाउने विभिन्न खालका कार्यक्रमलाई आर्थिक सहयोग समेत प्रदान गर्दै आईरहेको छ। यस अघि टेक्सास राज्यको धेरै शहरमा रक्त दान आयोजना गरिसकेको यस संस्थाले यस पटक भने “Mega Blood Donation” कार्यक्रमको आयोजना गरेको हो।
उक्त दिन रक्त दान गर्न का लागि २०० जनाले आफ्नो नाम दर्ता गराएको भए पनि सोहि दिन बिहान नेपालमा गएको विनाशकारी भुकम्पका कारण केहि समय आयोजक नै कार्यक्रम गर्ने कि नगर्ने, रक्त दाताहरु पनि मानसिक रुपमा असहज हुँदा हुँदै पनि कार्यक्रम भने भब्य सम्पन्न भएको छ। संस्थाका टेक्सास अध्यक्ष बाशु श्रेष्ठले दोधारको बीच सम्पन्न उक्त कार्यक्रममा १२८ जनाले रक्तदान गरेको जानकारी दिनुभयो।

_BRN3259

_BRN3229

श्रेष्ठलेले हिमालय खबर संग कुरा गर्दै रगत अमेरिकाबाट नेपाल ढुवानी गर्न अमेरिकन एसोसिएसन अफ ब्लड बैंक तथा मिलिटरी ब्लड सर्विस बाट सम्भव हुन् सक्ने बताए l तर त्यसको लागि नेपाल सरकारले अमेरिकन एसोसिएसन अफ ब्लड बैंकलाई पत्रचार गर्नु पर्ने छ भन्दै यसको लागि ब्लड डोनर्स अफ अमेरिकाले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने बताए l विनासकारी भुकम्पको कारण मानव रगतको आवस्यकता पर्ने र अभाव भै रहेको अवस्थालाई मध्य नजर गर्दै यस्तो योजना बनाई रहेको ब्लड डोनर्स अफ अमेरिकाले जनाएको छ l त्यसै गरि यस कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई संस्थाका महासचिब लीला श्रेष्ठले धन्यवाद दि

नुभयो।

_BRN3259_BRN3285_BRN3303_BRN3319_BRN333412310982044_830671167011924_519488555511996027_n11154610_830672810345093_3549027513543789291_o

प्रतिक्रिया