बुधबार, मंसिर १० २०७७
काठमाडौं ०४:५२
वासिङटन डिसी 18:07

अष्ट्रेलियाली विदेशमन्त्रीको पाकिस्तान भ्रमण

इनेप्लिज २०७२ वैशाख २२ गते १५:५८ मा प्रकाशित

इस्लामावाद, २२ वैशाख । अष्ट्रेलियाली विदेशमन्त्री जुली विशप औपचारिक भ्रमणका लागि बुधबार पाकिस्तान जानुहुने भएको छ । द्विपक्षीय एवम् क्षेत्रीय मुद्दामा वार्ताका लागि उहाँ पाकिस्तान जान लाग्नुभएको पाकिस्तानी विदेशमन्त्रालयले जानकारी दिएको छ ।

उहाँले पाकिस्तानी प्रधानमन्त्रीका सुरक्षा एवम् विदेशमामिलासम्बन्धी सल्लाहकार सरताज अजिजसँग भेटवार्ता गर्नुहुने समाचारमा जनाइएको छ ।

सो औपचारिक वार्ताका क्रममा पाकिस्तान र अष्ट्रेलियाका मन्त्रीले आगामी दिनमा अघि बढाउनसक्ने आपसी एवम् द्विपक्षीय व्यापार, लगानी, कृषि, शिक्षा, खेलकूद तथा प्रतिरक्षाका क्षेत्रमा छलफल गर्नुहुने बताइएको छ ।

द्विपक्षीय व्यापारका लागि आपसी लगानी तथा अन्य आर्थिक सम्भावनाका क्षेत्रमा उहाँहरुबीच वार्ता हुने समाचारमा जनाइएको छ । पाकिस्तानी विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो ।

सो भ्रमणका क्रममा विदेशमन्त्री विशपले पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफका साथै पाकिस्तानी सेनाका प्रमुखसँग पनि भेटवार्ता गर्नुहुने अर्काे एक समाचारमा जनाइएको छ ।

पाकिस्तान र अष्ट्रेलियाबीच घनिष्ठ र राम्रो सम्बन्ध रही आएको छ । हाल अष्ट्रेलियामा करिब ८० हजार पाकिस्तानी नागरिक बस्दै आएका छन् ।

प्रतिक्रिया