बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०४:१६
वासिङटन डिसी 17:31

एक महिनादेखि सञ्चार सेवा विच्छेद

इनेप्लिज २०७२ वैशाख २२ गते ४:१३ मा प्रकाशित

Telecommunication-2-350x391जाजरकोट, २२ वैशाख । यहाँको एक दुर्गम गाउँमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सञ्चार सम्पर्क गर्न समस्या परेको छ ।

डोल्पाको सिमानासँग जोडिएको जिल्लाको भगवती गाविसमा रहेको नमस्तेको टावरमा एक महिनादेखि खराबी आएपछि यहाँका स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित भएका हुन् । यो टावरले रुकुमको गोतामकोट, खदी, जाजरकोट भगवतीलगायत गाविसमा सेवा दिँदै आएको छ । टावरमा समस्या आएपछि यहाँका स्थानीय छिमेकी गाविस रग्दा आएर फोन गर्न बाध्य भएको गाविसका सामाजिक परिचालक मोहन बस्नेतले गुनासो गर्नुभयो ।

प्रतिक्रिया