२००९ मा अमेरिकाको न्युयोर्कमा नेपाली समुदायका क्रियाशील व्यक्तिहरुको पहलमा स्थापना भएको ब्लड डोनर्स अफ अमेरिकाले भूकम्पको कारण नेपालमा रगतको अभाव भए सम्भव भए अमेरिकाबाट रगत पठाउन तयार भएको जानकारी गराएको छ l
विनासकारी भुकम्पको कारण मानव रगतको आवस्यकता पर्ने र अभाव भै रहेको अवस्थालाई मध्य नजर गर्दै यस्तो योजना बनाई रहेको ब्लड डोनर्स अफ अमेरिकाले जनाएको छ l
ब्लड डोनर्स अफ अमेरिकाले अमेरिका भरिका नेपाली समुदाय ,नेपाली संघ तथा संस्था आदि संग मिलेर हजारौ रक्तदान कार्यक्रम नियमित रुपमा गर्दै आई रहेको छ l गत बैशाख १२ गते आएको विनासकारी भुकम्पले पुर्याएको धनजनको क्षति प्रति संस्थाले गहिरो दुख व्यक्त गर्दै समबेदना प्रकट गरेको छ l
ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष डा लिला बहादुर कार्कीले यस बिपत तथा संकट अवस्थामा नेपालमा रगत अभाव भएकोले नेपाललाई रगत चाहिएमा उपलब्ध गराउन तयार भएको जानकारी दिए l डा कार्कीले थप जानकारी दिदै यसको लागि अमेरिकन रेडक्रस ,लाइफ साउथ कम्युनिटि ब्लड सर्विस तथा कार्टर ब्लड केयर संग कुराकानी भै रहेको जानकारी दिएका छन् l
डा कार्कीले भने रगत अमेरिकाबाट नेपाल ढुवानी गर्न अमेरिकन एसोसिएसन अफ ब्लड बैंक तथा मिलिटरी ब्लड सर्विस बाट सम्भव हुन् सक्ने बताए l तर त्यसको लागि नेपाल सरकारले अमेरिकन एसोसिएसन अफ ब्लड बैंकलाई पत्रचार गर्नु पर्ने छ भन्दै यसको लागि ब्लड डोनर्स अफ अमेरिकाले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने बताए l
रगतको आवस्यकता परे हजारौ हजार नेपाली समुदाय तथा अन्य समुदायले पनि रगत दान गर्ने छन् भन्दै लाइफ साउथ कम्युनिटि ब्लड सर्विस तथा कार्टर ब्लड केयरले देखाएको सद्भाव प्रति अध्यक्ष डा कार्कीले धन्यबाद दिएका छन् l
प्रतिक्रिया