सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०१:२९
वासिङटन डिसी 14:44

नब्बे सालको भूकम्प झेलेकी गुरुङ भन्नुहुन्छ: यो भैँचालो डरलाग्दो, भाग्यमानी रहेछु काल आएन

इनेप्लिज २०७२ वैशाख २१ गते १२:१९ मा प्रकाशित

रमेश लम्साल

Rss_Images_1430739858425_RL-KTM-sindhupalchowk

यही वैशाख १२ गते शनिबार ९१ वर्षीया महालक्ष्मी गुरुङ घरमै मकै केलाउँदै हुनुहुन्थ्यो । त्यही बेला गएको भूकम्पले उहाँलाई नराम्ररी हल्लायो ।  तेजस्विनी उहाँमा श्रवणको समस्या छ, यद्यपि कुप्रिएको शरीर, मलिन अनुहारले अघिल्लो साताको भूकम्पको झझल्को दिन्छ ।

आफ्नो जीवनकालमा तीन वटा ठूला भूकम्प झेल्नुभएकी उहाँलाई यो वर्षको भूकम्प भयानक लाग्यो र त्यसले उहाँलाई भयभीत बनायो ।  अघिल्लो शताब्दीको भन्दा यसपटकको भूकम्प असाध्यै भयानक लाग्यो महालक्ष्मीलाई । त्यतिबेला पनि चारैतिर हल्लाएको थियो ।

प्रतिक्रिया