बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १७:२२
वासिङटन डिसी 06:37

गैरआवासीय नेपाली संघ अमेरिकाका नवनिर्वाचित टिमको तर्फबाट

इनेप्लिज २०७२ वैशाख २१ गते ११:०४ मा प्रकाशित

IMG_3573

गैरआवासीय नेपाली संघ अमेरिकाका नवनिर्वाचित टिमको तर्फबाट

प्रेस विज्ञप्ति

पत्रकार मित्रहरु,

वास्तवमै भन्नुपर्दा मातृभूमिको विषम परिस्थितिका कारण गला अवरुद्ध भएको अवस्था छ । बोल्ने शब्द नै नभएको अवस्थामा कताबाट के शुरु गरौं, अप्ठेरो परेको छ । यस्तो भयावह अवस्था छ । एउटा जिम्मेवार व्यक्तिलाई दुई शब्द राख्न पनि हिम्मत नै बटुल्नुपर्ने भएको छ ।

गैरआवासीय नेपाली संघ अमेरिकाको नयाँ बोर्ड र च्याप्टरहरु विधिसम्मत निर्वाचित हुनुभन्दा झण्डै १ दिन अगाडि नै मातृभूमिमाथि परेको चोटले गहन जिम्मेवारीको महसुस भयो । अझै भनौं, वैधानिकता लिनसमेत नपाउँदै व्यापक जिम्मेवारी लिनुपर्ने अवस्था सिर्जना भयो । आफू स्वयम् चिकित्सा क्षेत्रको भएकाले पनि वैधानिकता र औपचारिकताभन्दा विपत्तमा परेकालाई मद्दत गर्नु, जोखिममा परेकाहरुको ज्यान बचाउनु नै मेरो पहिलो कर्तव्य हुन्छ । त्यसैले नवनिर्वाचित साथीहरुबीचको अनौचापरिक बैठक गरेर यो महाप्रलयमा ‘पहिला मातृभूमिको सेवा गरौं त्यसपछि मात्र वैधानिकता’ भन्ने सबैको आवाज एक सूर देखिएकाले कहींकतै नअलमलिइकन हामीले काम शुरु गरिसकेको कुरा अवगत गराउन चाहन्छु ।

नवनिर्वाचित कार्यसमितिमा निर्वाचित हुनु भएका पदाधिकारीहरु को–को छन्, कति वटा च्याप्टर गठन भएका छन्, कति वटा पदहरु पूरा भएका छन् र कति पद पूर्ति हुन बाँकी छन् भन्ने आँकडासमेत पूर्णरुपमा नपाएको अवस्थामा म एनआरएन अमेरिकाको नवनिर्वाचित अध्यक्षको रुपमा कार्यभार सम्हाल्ने जिम्मेवारी प्राप्त गर्नुपूर्व नै मातृभूमिको सेवामा जाँदैछु । एउटा चिकित्सक, नेपाल आमाको छोरो तथा एउटा जिम्मेवार पदीय हैसियत प्राप्त गरिसकेको व्यक्ति देशको सेवाका लागि यो परिस्थितिमा मातृभूमि जानका लागि पदभारको मिति कुरिरहनु सान्दर्भिक लागेन । हाम्रो परिचय पछि गर्दै गरौंला तर अहिले आ–आफ्नो ठाउँबाट कसरी सक्दो सहयोग गर्न सकिन्छ भन्दै बोर्डका (वर्तमान र नवनिर्वाचित) सम्पूर्ण साथीहरुले दिनुभएको सुझावलाई मनन गर्दै अमेरिकाबाट चिकित्सक टोली तथा स्वयंसेवक लिएर मे महिनाको ३ तारिख आइतबार नेपाल प्रस्थान गर्न लागेको कुरा जानकारी गराउँछु । नेपाल जानु र आउनु ठूलो कुरा होइन तर, हामी विशेस जिम्मेवारीका साथ चिकित्सक टोली लिएर वर्तमान अवस्थामा नेपाल जाँदैछौं । यो हाम्रो कर्तव्य र सेवा नै सर्वोपरी हो । नेपाललाई अहिले परदेसिएका हरेक हातहरुको खाँचो छ । त्यसैले एनआरएन पदाधिकारी मात्र होइन, अमेरिकाको सम्पूर्ण समुदाय, पत्रकार, वकिल, डाक्टर, इन्जिनियर, संघसंस्था सबै काँधमा काँध मिलाएर एउटै रुपमा जान सक्नुपर्छ । हरेक व्यक्तिका प्राथमिकता फरक फरक हुन सक्छन् । तर पनि अठोट गर्छु ती सबै प्राथमिकतालाई गैरआवासीय नेपाली संघको एउटै मालामा उनेर लैजान्छ सकिन्छ भनेर म जिम्मेवारी लिन चाहन्छु । आउनुहोस् हामी सबै झरीको एउटै सामूहिक खोलो बनेर मातृभूमिका लागि बगाऔं । फरक फरक हातले होइन, एउटै हात बनेर मल्हम लगाऔं । हाम्रो यस कदमले भोलिका दिनमा पनि नेपाल सरकारका तर्फबाट हामीप्रतिको सोच र हामीलाई उपलब्ध गराउनुपर्ने अत्यधिक सुविधामा पनि पक्कै हाम्रो योगदानको कदर हुनेछ । हाम्रो आवाज सुनिनेछ । नेपाल सरकारसँग हाम्रो सम्बन्ध सुदृढ हुनेछ । हाम्रो सेवाहरु प्रभावकारी बन्नेछन् । यी सबै मातृभूमिका लागि हुनेछन् ।

त्यसैले म विश्वासका साथ भन्छु– जय मातृभूमि, जय एनआरएन ।

धन्यवाद !

डा. केशव पौडेल

नवनिर्वाचित अध्यक्ष

गैरआवासीय नेपाली संघ, अमेरिका

प्रतिक्रिया