चौतीस हजार घाइतेको उपचार

इनेप्लिज २०७२ वैशाख २१ गते १०:५९ मा प्रकाशित

Nepal-Earth-quake-2काठमाडौँ, २१ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पबाट घाइते भएका ३४ हजार तीन ३९५ जनाको उपचार गरिएको जनाएको छ ।

उक्त मन्त्रालयका अनुसार काठमाडौँमा १३ हजार ७७५ र ओखलढुङ्गामा ९२ जनाको उपचार गरिएको छ ।

केन्द्रीय दैवी प्रकोप उद्धार कोषबाट प्राप्त रु दुई करोड २८ लाख र सरकार र सरकारले उपलब्ध गराएको रु एक करोड ३५ लाख गरी हालसम्म रु तीन करोड ६३ लाख औषधि, उपकरण र प्रकोप नियन्त्रणका लागि बाँडफाँट गरिएको मन्त्रालयका प्रवक्ता डा गुणराज लोहनीले बताउनुभयो ।

अभिभावक गुमाएका बालबालिकाको संरक्षण

गैरसरकारी संस्था महासङ्घ नेपाल र बालगृहहरुको महासङ्घले भूकम्पबाट अभिभावकविहीन बनेको पाँच सय बालबालिकालाई काठमाडौँ र विभिन्न सहरमा आश्रय दिने भएको छ ।

ती दुवै संस्थाले भूकम्पबाट अभिभावक गुमाएका बालबालिकालाई खाने, बस्ने, सुविधासहित शिक्षाको प्रबन्ध गर्ने तथा अनाथ, असहाय बालबालिकालाई संरक्षण दिने जनाएको छ ।

ती संस्थाले हालसम्म १६ हजार बढी अनाथ बालबालिकालाई संरक्षण दिँदै आएको गैरसरकारी संस्था महासङ्घका महासचिव मनोजकुमार कँडेलले बताउनुभयो ।

प्रतिक्रिया