बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ००:३१
वासिङटन डिसी 13:46

टेम्पोररी प्रोटेकटेड स्टाटस(टिपीएस ) के हो र कहिले आउला ?

इनेप्लिज २०७२ वैशाख २० गते २१:३७ मा प्रकाशित

Binod-Roka

Temporary Protected Status (TPS) भन्नाले अमेरीकी राष्ट्रपति वा अमेरीकी सरकारका एर्टनी जनरलबाट प्रत्याभृत अधिकारको प्रयोग गरी अद्यागमन विभागका सचिवले अमेरीकामा बसीरहेका तर देशमा घटेको शैनिक विद्रोह, प्राकृतिक प्रकोप, र भृकम्प, जस्ता कारणले गर्दा फकेर जान असृरक्षित व्यक्तिहरुलाई दिईने अस्थायी सुबिधा हो। यो सुबिधा दिदा त्यस्ता देशले फर्किएर जाने व्यक्तिलाई सुरक्षाको प्रत्याभृती दिन नसक्ने अवस्था देखिए पछि त्यस्ता देशलाई असुरक्षित देशको सुचिमा राखी यो टिपियसको सुबिधा दिईन्छ। यो सुबिधा दिनका लागि अद्यागमन बिभागको सचिवलाई अमेरीकी अद्यागमन कानुनको दफा २४४ ले अधिकार प्रदान गरेको छ। यद्यपि यो सुबिधा दिने सुचीमा कुनै पनि देशलाई  राख्नु भन्दा अगाडी सचिवले अमेरीकी सरकारका अन्य निकायहरु संग परामर्स गर्दछन।

यो सुबिधा दिनका लागि सम्वन्धित देशको सरकारबाट अनृरोध गर्नै पर्छ भन्ने छैन यदि सचिवलाई आपत परेको देशका नागरिकलाई उक्त देशमा भृकम्पको कारणले ऊव्जीएको असाधारण अवस्थामा सुरक्षित रुपबाट अमेरीकामा रहेका त्यस देशका नागरिकहरु फर्कन र बस्न सक्दैनन भन्ने लागेमा। हालै नेपालमा गएको ७.८ म्याग्नी च्युटको भुकम्पबाट ७ हजार व्यक्तिहरुको मृत्यृ भएको छ, हजारौ संख्यामा व्यक्तिहरु अझ भेटिृएका छैनन भने हजारौ व्यक्तिहरु घरबारविहिन भएका छन अनि नेपाल सरकारले ती क्षेत्रहरुमा यत्तिका दिन वितिसक्दा पनि राहतको सामाग्री पृरयाऊन नसकेको अवस्थामा अद्यागमन सचिवलाई नेपालमा देखिएको असाधारण परिस्थितीको जानकारी र अनुरोध नेपाल सरकारबाट नआएपनि अमेरीकी सरकार र यस्का निकायहरुबाट जानकार रहेका छन। त्यसैले अमेरीकी सरकारले नेपालका भुकम्प पिडितहरुका लागि राहतको घोषणा गरि आफनो साधान र श्रोतको परिचालन पनि गरीसकेको अवस्था छ।

अहिले अमेरीकाको कांग्रेशमा प्रतिनिधित्व गर्ने दुई जना काग्रेशम्यानले नेपालीहरुलाई टिपियसको सुबिधा दिईनु पर्दछ भन्ने प्रस्ताव पेश गरेका छन भने केही सिनेटरहरुले यस बारेमा अमेरीकी राष्ट्रपतिलाई अनृरोध समेत गरेका छन। त्यस्तै अमेरीकामा रहेका नेपालीहरुले पनि १ लाखको संख्यामा हस्ताक्षर जुटाई राष्ट्रपतिलाई यो सृविधान दिइनु पर्दछ भनि सामुहिक निवेदनको सुरुवात गरेका छन। तर यो दिएको निवेदनकै आधारमा राष्ट्पतीले सुबिधा दिईन्छ भन्ने होईन। यद्यपि यो सामृहिक प्रयासबाट अमेरीकामा बसीरहेका नेपालीहरुले टिपियसको सुबिधा पाऊने सम्भावना बढेको भएता पनि आधिकारीक घोषणा र पाऊनका लागि अपनाउनु पर्ने प्रक्रिया  भने सुरु भैसकेको छैन।

यो सुबिधा पाउने सुची मा नेपाललाई अमेरीकी सरकारले राखेमा नेपालमा भूकम्प गएको मिति २५ अप्रिल वा सो भन्दा अगाडी देखि अमेरीकी सरकारले निकालेको आधिकारीक सुचनाको मिति सम्ममा निरन्तर रुपबाट अमेरीकामा बसी रहेका नेपालीहरुले यो सुबिधा पाऊन सक्दछन। यस्तो सुबिधा पहिलो पटक १८ महिना सम्मका लागि दिईन्छ। यो सुबिधा पाऊनका लागि आफु नेपाली नागरिक भएको र अमेरीकामा २५ अप्रिल २०१५ देखि लगातार बसोबास गरीरहेको प्रमाण पेश गर्नृ पर्दछ। यो सुबिधाशरणार्थीको निवेदन वा अन्य निवेदन दिएर सुबिधा नपाऊने ठहर भै यद्धपि अमेरीकामा बसोबास गरिरहेका वा देश निष्कासनको प्रतिक्षा गरी कारागारमा बसी रहेका कैयौ नेपालीहरुले पनि पाऊन सक्दछन। तर अपराध गरे वापतमा सजाय पाएका व्यक्तिहरुले भने यो सुबिधा नपाऊने सम्भावना रहन सक्दछ। अत यो सुबिधा लागि निवेदन दिनु भन्दा अगाडी अद्यागमनको वकिलसंग परामर्श लिनु आवस्यक हुन्छ । टीपियसको सुबिधाले स्टाटस भने दिदैन। यो सुबिधाको समय सकिएपछि व्यक्ति फेरी पहिलाकै स्टाटसमा फर्कन्छ।

१८ महिनाको लागि टिपियसको सुबिधा सृपाऊने व्यक्तिले अमेरीकामा काम गर्ने वर्क अथराईजेसन पनि पाऊछन। साथै आफनो देशमा जानका लागि ट्रभल डकुमेन्ट पनि लिन सक्दछन। तर आफनो देशमा गएर अमेरीकामा फर्किदाको अवस्थामा समस्या आऊन सक्ने सम्भावना रहन्छ। किनकि अमेरीकामा ६ महिना देखि १ बर्ष सम्म अनधिकृत रुपबाट बसेको व्यक्तिको हकमा ३ बर्षसम्म र १ बर्षभन्दा बढी समयसम्म अनधिकृत रुपबाट बसोबास गरेको अवस्थामा अमेरीकामा १० बर्षसम्म पस्न र बस्न पाऊदैन। त्यस्तै तोकिएका फौज्दारी अपराधमा सजाय पाएका व्यक्तिहरु पनि अमेरीकमा पस्न र बस्नका लागि योग्य ठहरिदैनन। तसर्थ यो सुबिधा पाएका व्यक्तिहरुले ट्राभल डकुमेन्ट लिएर नेपाल फकदा बिचार गर्नु पर्दछ।

टीपियसको सुबिधा पाऊनका लागि फाराम भर्ने त हो नि? भनि एजेण्ट, समाजसेवी, र नेताहरुको सहयोग लिनु भन्दा अद्यागमन वकिलको सल्लाह र सेवा लिनु ऊचित हृन्छ। यदि सेवा वापतको शृल्क लिर्ने क्षमता छैन भने निसुल्क सेवाको अनुरोध गर्ने वा निशृल्क सेवा दिने वकिलहरुको संस्थामा सम्पर्क राख्नु ऊचित हृन्छ। यो सुबिधा पाऊने भनि जबसम्म अमेरीकी अद्यागमन बिभागले आफनो वेभसाईट ( http://www.uscis.gov)मा आधिकारीक सुबिधा निकाल्दैन तबसम्म हल्लाको भरमा ठगहरुको सरणमा पुग्नबाट जोगिनु पर्दछ।

बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा [email protected]/ www.binodlaw.com मा सम्पर्क गर्न सक्नु हुनेछ l

प्रतिक्रिया