मंगलबार, मंसिर १६ २०७७
काठमाडौं २३:५४
वासिङटन डिसी 13:09

सरकारको निर्णयले एनआरएनको राहत बितरणमा असर नगर्ने राहत बितरण जारी

इनेप्लिज २०७२ वैशाख २० गते १९:३३ मा प्रकाशित

nrn logo

भर्खरै नेपाल सरकारले गरेको पछिल्लो निर्णयले एनआरएनको राहत बितरण्मा असर नगर्ने भएको छ । सरकारले सम्पूर्ण राहत सामग्री र रकम सरकारीकरण गर्ने निर्णय सङै हिजो अन्योलको अवस्था भएको थियो। सो अवस्थामा पनि एनआरएनए अध्यक्ष शेष घलेले राहत बितरण कुनै पनि हालतमा नरोकिने बताउनु भएको थियो भने सरकारसँग पनि कुरा गर्नुभएको थियो । अन्तत अब सो निर्णयले एनअारएनको सेवालाई अबरोध गर्ने छैन ।

भखरै मात्र एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्रीले ईमेल मार्फत एनआरएनलाई कुनै त्यस्तो बाधा नहुने जानकारी गराउनु भएको छ । अध्यक्ष क्षेत्रीले भारतमा आँफै गएर १००० थान टेन्ट अर्डर गर्नु भएको र सो २ दिनमा नेपालमा डेलिभरी हुने जानकारी गराउनु भएको छ । अध्यक्ष क्षेत्रीले स्पस्ट रुपमा सम्पूर्ण अमेरिकाका नेपाली समुदायका संघ-संस्था हरुलाई नेपाल सरकारको सो निर्णयबाट बिचलित नहुन र एनआरएन सँग मिलेर राहत कार्य जारी राख्न अनुरोध गर्नु भएको मात्र छैन एनआरएन अमेरिका मार्फत नै राहत सामाग्री र रकम पठाउन सुचना गर्न भन्नु भएको छ ।

सो रकम या सामाग्री १०० प्रतिशत नै बितरण हुने र कुनै प्रशासनिक या अरु खर्च जोडीने छैन भन्ने कुरा स्पस्ट पार्नु भएको छ । यसै बिच नव निर्बाचित एनआरएन अमेरिका अध्यक्ष डा केशव पौडेलको नेतृत्वमा लगभग २ दर्जन जती जनाको मेडिकल र अन्य टिम नेपाल प्रस्थान गर्दै छ ।

प्रतिक्रिया