वित्तीय स्रोत र साधन उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अर्थमन्त्रीको आग्रह
काठमाडौँ, २० वैशाख । अर्थमन्त्री डा रामशरण महतले नेपालको छ दशक लामो विकास यात्रामा विकासका साझेदारहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै सङ्कटको वर्तमान घडीमा त्यो अझ सुदृढ तुल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
अजरबैजानको बाकुमा आयोजित ‘नेपाल साझेदारी मञ्च’ लाई आज सम्बोधन गर्दै उहाँले भारी वित्तीय सहायता, प्राविधिक सल्लाह, विश्वव्यापी रुपमा उपयोग भइरहेका ज्ञान र सीप नेपाललाई अपरिहार्य भएको बताउनुभयो ।
नेपालको पुनः निर्माणप्रति सरकार र नेपाली जनता प्रतिबद्ध रहेका भन्दै उहाँले अबको नेपालको पुनः निर्माण सुदृढ हुने बताउनुभयो । उहाँले भन्नुभयो– सङ्कटको यो घडीमा हामीलाई अन्तर्राष्ट्रिय समुदायको साथ र सहयोग चाहिएको छ जुन हाम्रो विकास यात्रामा छ दशकदेखि जारी छ ।
भूकम्पबाट तहस नहस भएको आफ्नो मुलुकको पुनः निर्माणका लागि दुई अर्ब अमेरिकी डलरको राष्ट्रिय पुनःनिर्माण कोष स्थापनाको निर्णय भएको र आफ्नै स्रोतबाट सरकारले २० करोड डलर खर्चेर नाशिएका महत्वपूर्ण पूर्वाधारको पुनः निर्माण गर्ने योजना सुनाउनुभयो ।
मानवीय सहायता तथा राहतका कार्यक्रम सञ्चालन गर्न नेपाललाई थप ५० करोड डलर आवश्यक परेको जानकारी दिँदै अर्थमन्त्रीले ध्वस्त भएका संरचनाको पुनः निर्माण, वित्तीय आवश्यकतालगायत चाहिने स्रोत–साधनको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया