नाङ्लेभारेमा राहात सामग्री वितरण

इनेप्लिज २०७२ वैशाख २० गते १२:०३ मा प्रकाशित

rahatकाठमाडौँ, २० वैशाख । मानवअधिकार तथा शान्ति समाजले नाङ्लेभारे–५ का भूकम्पपीडित ४४ घर परिवारलाई एक लाख ९७ हजार बराबरको खाद्यान्नलगायत सामग्री वितरण गरेको छ ।

समाजले भूकम्पपीडितका लागि रू दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सो रकम जतिसक्दो चाँडो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने समाजका महासचिव उत्तम पुडासैनीले जानकारी दिनुभयो ।

यसैगरी भूकम्प पीडितलाई कृषि विकास बहुउद्देश्य सहकारी संस्थाले खाद्यन्न सामग्री र स्वास्थ्य उपचारका लागि विशेष कार्यक्रम घोषणा गरेको छ ।

भूकम्पपछि पहिलोचरणको उद्धारसँगै पीडितहरूलाई दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था प्रभावकारी बनाउन उक्त सहकारी संस्थाले समिट हस्पिटलसँग मिलेर काम गर्ने जनाएको छ । दुवै संस्थाले भूकम्पबाट घाइते भएकालाई शिविर सञ्चालन गरेर सेवा प्रदान गर्ने भएका छन् ।

प्रतिक्रिया