सलमान खानले नेपालका भुकम्प पीडितलाई सहयोग गर्ने कुरा पनि हल्लामात्रै

इनेप्लिज २०७२ वैशाख २० गते ११:५० मा प्रकाशित

buddha2काठमाडौ । बलिउड अभिनेता सलमान खानले उनको सामाजिक सस्था विईङ्ग हुम्यानमार्फत १० करोड रुपैया सहयोग गर्ने भनि आएको हल्लाको स्वयम खानले खण्डन गर्दै नेपालको भुकम्प पीडितका लागि आफूले सहयोग नगर्ने स्पष्ट पारेका छन ।
खानले फेसबुकमा स्टाटस लेख्दै भनेका छन–मैंले सहयोग गर्ने भनेको कुरा केवल अफवाह मात्र हो । बिइङ हयुमनले भारतीयलाई मात्र सेवा गर्छ ।
त्यसैगरि केही दिन पहिले अर्का अभिनेता अक्षय कुमारले पनि उनको रिलिज हुन लागेको फिल्म ’गब्बर इज ब्याक’को पहिलो दिनको कमाई नेपालका भुकम्प पीडितका प्रदान गर्ने घोषणा गरेको खबर आएको थियो । सो खबर पनि केवल अफवाह मात्र थियो । अक्षयले आफू सो फिल्मको निर्माता नभएको र सहयोग गर्न चाहे फिल्मको कलेक्सन नकुर्ने बताएका थिए ।

प्रतिक्रिया