बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०६:५६
वासिङटन डिसी 20:11

सबैलाई राहत वितरण गर्न दिनुपर्नेमा प्रमुख तीन दलको सहमति

इनेप्लिज २०७२ वैशाख २० गते ७:०९ मा प्रकाशित

;+ljwfg ;efsf cWoIf;+u ltgbnsf lzif{y g]tfx?sf] jfg]Zj/df cfh j;]sf] j}7sdf pkl:yt k|wfgdGqL ;'zLn sf]O/fnf Pdfcf]jfbLsf cWoIf k|r08 / g]skf Pdfn]sf cWoIf s] kL ;df{ jnL nufot cGo g]tfx? . tl:j/ k|bLk/fh jGt /f;;काठमाडौँ, २० वैशाख । सरकारले भूकम्पपीडितलाई एकद्वार प्रणालीबाट मात्र राहत वितरण हुनुपर्ने बताउँदै आइरहेका बेला प्रमुख तीन राजनीतिक दलले भने सबैलाई राहत वितरण गर्न दिनुपर्नेमा सहमति गरेका छन् ।

विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा अझैसम्म पनि राहत सामग्री नपुगेको गुनासो आएपछि त्यस सम्बन्धमा छलफल गर्न आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्ष नेताहरुको बैठकले उक्त सहमति गरेको हो ।

बैठकले राहत सामग्री नदोहोरिने गरी भूकम्प प्रभावित क्षेत्रमा आवश्यकताअनुसार इच्छुक सबैले राहत सामग्री वितरण गर्न दिनुपर्नेमा सहमति गरेको पूर्व प्रधानमन्त्री एवम् काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले बताउनुभयो ।

एकद्वार प्रणालीबाट मात्र राहत सामग्री वितरण गर्दा ढिलासुस्ती हुने भएकाले आवश्यकताअनुसार सरकारको समन्वयमा इच्छुक सबैले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्नसक्ने नेता देउवाको भनाइ थियो ।

राहत सामग्री वितरणलाई कसरी प्रभावकारी बनाउने र व्यवस्थापिका–संसद्को यही वैशाख २४ गते बस्ने आगामी बैठकलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सकारात्मक छलफल भएको बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

बैठकमा भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्वास र पुनःनिर्माणको कार्यलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले बताउनुभयो ।

राहत वितरणमा ढिलाइ किन भन्ने जिज्ञासामा उपाध्यक्ष भण्डारीले एक्कासि अकल्पनीय घटना घटेका कारण र भौगोलिक जटिलताले भूकम्प प्रभावित केही दुर्गम क्षेत्रमा राहत सामग्री पु¥याउन कठिनाइ भए पनि विस्तारै सामान्य हँुदै गएको जानकारी दिनुभयो ।

प्रतिक्रिया