भुकम्प पिडित आमा भन्छिन, ‘धर्ती पुत्र दानवीर नेपाली छोरो उपेन्द्र महतो तिमीलाई सलाम’

इनेप्लिज २०७२ वैशाख १९ गते २२:५९ मा प्रकाशित

Upedra Mahato (NRN)काठमाडौ, २० वैशाख । चर्चा बाहिर रहेर नेपाल र नेपालीको सेवामा सदैव समर्पित दानवीर धनाढ्य उपेन्द्र महोतोले शनिबार गएको महाभूकम्प पिडितहरुको सहयोगार्थ १५ करोड नेपाली रुपिया सहयोग राशि घोषण गरेका छन् । भुकम्प पिडितहरुको उद्धारका लागि शनिबार महतोले १५ करोड नगद सहयोग राशि घोषणा गरेका हुन् । सम्भवत व्यक्तिको तहबाट यति ठुलो धन राशि सहयोग गर्ने उनि पहिलो व्यक्ति हुन् ।
को हुन् उपेन्द्र महतो:
सिरहामा जन्मिएका र रसियामा अध्यनका लागि पुगेका नेपाली छोरो उपेन्द्र महतो गैर आवाशीय आन्दोलनका जन्मदाता दाता हुन् । बेलारुस, रुस, साइप्रस, नेपाल, भारत र दुबईमा संचार, व्यापरिक मल, निरमान सामग्री, हाउजिङ्ग, जलबिद्युत, बैंक, तेल उत्खनन एवं ब्यापारको क्षेत्रमा साम्राज्य खडा गरेका तर चर्चामा आउन नरुचाउने सेवा परमो धर्मको मूल मन्त्र जपेर सदैव नेपाली जातिको उन्नती र प्रगतिको कामना गर्ने उपेन्द्र महतोले २००३ मा आफनी नजी खर्चमा प्रथम गैर आवशीय अन्तराष्ट्रिय सम्मेलन गरेर संसार भरिका नेपालीलाई गैर आवाशीय अभियानमा जोड्ने काम गरेका थिए । दानबिर नेपाली छोरो महतोले २००३ मा स्वदेश फर्किए लगत्तै दिन दुखिहरुको लागि दान र सहयोग गर्ने अभियान तिब्र पारेका थिए । समता शिक्षा अभियान मार्फत झन्डै २० हजार निमुखा र गरिब बालबालिकाको शिक्षामा लगानी गरेका महतोले नेपालको लामो राजनीतिक द्वन्दका बिचपनि आफ्नै नेतृत्वमा गैर आवाशीय नेपालीलाई देश निर्माणमा लगानी गरन प्रोत्साहित गरेका थिए । अर्थ मन्त्री रामशरण महतको भनाईमा नेपाली धर्ति पुत्र महतोले सहयोग नगरेको क्षेत्रनै छैन । यस पटक गएको महाभूकम्प लगत्तै भुकम्प पिडितहरुको उद्धारका लागि शनिबार महतोले १५ करोड नगद सहयोग राशि घोषणा गरेका छन् । आर्थिक समृद्धिले मात्र नयाँ नेपाल निर्माण हुने मान्यता राख्ने महतोलाई एक नेपाली आमा भुमकुमारी ढकालले भनेकी छिन, ‘धर्ति पुत्र दानवीर नेपाली छोरो उपेन्द्र महतो सलाम तिमीलाई ।’

Upendra Mahato

प्रतिक्रिया